टोकियो,जापान। जापानभरका करिब १ हजार सुपरमार्केटहरूमा बिक्री हुने चामलको औसत मूल्य गत आइतबारसम्मको एक सातामा अघिल्लो हप्ताको तुलनामा ६३ येनले घटेर ५ किलोको लागि ४,१४२ येन पुगेको जापानको कृषि मन्त्रालयले जनाएको छ।
मूल्य लगातार चौथो हप्ता घटेको भए पनि यो लगातार छैटौँ हप्ता ४ हजारभन्दा माथि नै रहेको छ।
शुक्रबार सार्वजनिक गरिएका नयाँ मूल्य विवरण अघि, कृषि मन्त्री शिन्जिरो कोइजुमीले पत्रकार सम्मेलनमा भने, “चामलको मूल्य लामो समयसम्म उच्च रहिरहनुले उपभोक्ताहरू चामल उपभोगबाट बिस्तारै टाढा हुन सक्छन् भन्ने चिन्ता छ।”
मन्त्रालयका अनुसार, सरकारी भण्डारणमा रहेको चामल मिसाइएको मिश्रित चामलको बिक्री अनुपात अघिल्लो हप्ताको तुलनामा ४ प्रतिशत बिन्दुले बढेर २९ प्रतिशत पुगेपछि औसत मूल्य घटेको हो। मिश्रित चामलको औसत मूल्य गत हप्तामा १७१ येनले घटेर ३,४१९ येन पुगेको थियो।
यसैबीच, नयाँ भर्खर भित्र्याइएको चामलजस्ता ब्रान्डेड चामलको बिक्री अनुपात ७५ प्रतिशतबाट घटेर ७१ प्रतिशतमा झरेको छ। तर नयाँ भर्खर भित्र्याइएको चामल उच्च मूल्यमा व्यापार भइरहेको कारण ब्रान्ड चामलको औसत मूल्य भने २९ ले बढेर ४,४४० पुगेको छ, जसले लगातार छैटौँ हप्ता वृद्धि देखाएको हो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




