
टोकियो,जापान। जापानभरका सुपरमार्केटहरूमा डिसेम्बर २१ तारिखसम्मको एक साताको अवधिमा बिक्री भएको चामलको औसत मूल्य ५ किलोमा करसहित ४ हजार ३ सय ३७ येन पुगेको छ। यो मूल्य अघिल्लो साताको तुलनामा ६ येनले वृद्धि भएको हो। चामलको मूल्य लगातार दुई सातादेखि बढ्दै गएको छ र यसले हालसम्मकै उच्चतम रेकर्ड कायम गरेको छ।
जापानको कृषि, वन तथा मत्स्य मन्त्रालयले देशभरका करिब १ हजार सुपरमार्केट मा चामलको बिक्री मूल्य संकलन गरी प्रत्येक हप्ता सार्वजनिक गर्दै आएको छ। मन्त्रालयका अनुसार डिसेम्बर १५ देखि २१ तारिखसम्मको एक सातामा चामलको औसत मूल्य अघिल्लो साताको ४ हजार ३ सय ३१ येनबाट बढेर ४ हजार ३ सय ३७ येन पुगेको हो। यसले गत महिनाको अन्त्यतिर कायम भएको ४ हजार ३ सय ३५ येन को रेकर्डसमेत तोडेको छ।
बिक्रीको संरचना हेर्दा, उत्पादन क्षेत्र र जात एउटै भएको ब्रान्डेड चामलको हिस्सा ७२ प्रतिशत रहेको छ भने सरकारी भण्डारण चामलसमेत मिसाइएका ब्लेन्ड चामलको हिस्सा २८ प्रतिशत रहेको छ। ब्रान्डेड चामलको अनुपात अघिल्लो साताको तुलनामा १ प्रतिशत बिन्दुले वृद्धि भएको मन्त्रालयले जनाएको छ।
मूल्यगत रूपमा हेर्दा, ब्रान्डेड चामलको औसत मूल्य अघिल्लो साताको तुलनामा २७ येनले घटेर ५ किलोमा ४ हजार ४ सय ८६ येन पुगेको छ। यता ब्लेन्ड चामलको मूल्य भने ७२ येनले बढेर ३ हजार ९ सय ६४ येन पुगेको छ। नयाँ धानको आपूर्ति बढ्दै जाँदा ब्रान्डेड र ब्लेन्ड चामलबीचको मूल्य अन्तर क्रमशः घट्दै गएको देखिएको छ।
यसैगरी, देशभरका सुपरमार्केट तथा ड्रगस्टोरसहित करिब ६ हजार खुद्रा पसलहरू मा डिसेम्बर २१ तारिखसम्मको एक सातामा बिक्री भएको चामलको औसत मूल्य ५ किलोमा करसहित ४ हजार २ सय ७९ येन पुगेको छ। यो मूल्य अघिल्लो साताको तुलनामा ४४ येनले वृद्धि भएको हो।
चामलको मूल्य निरन्तर बढिरहेकाले उपभोक्तामाथि आर्थिक दबाब बढ्ने संकेत देखिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




