टोकियो,जापान। मंगलबार टोकियो विदेशी मुद्रा बजारमा जापानी येनको भाउ थप कमजोर भएको छ। जापानको नयाँ प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्वमा सहज मौद्रिक नीति जारी रहने सम्भावना रहेको विश्लेषणले गर्दा टोकियोको विदेशी मुद्रा बजारमा येनको दर घटेको हो । केहिदिनयता बजारमा व्यापारीहरूमा “येन बेच्ने र डलर किन्नेको” प्रवृत्ति देखाएपछि येन कमजोर र डलर बलियो भएको बनिरहेको छ ।

मंगलबार साँझ ५ बजेको दरमा १ अमेरिकी डलर बराबर १५१.१५ येनमा कारोबार भयो । जो, अघिल्लो दिनको तुलनामा ०.४१ येनले घटेको हो।

बजार विश्लेषकहरूका अनुसार, नयाँ प्रधानमंत्री प्रधानमन्त्री ताकाइचीले मौद्रिक सहजतालाई प्राथमिकता दिने सम्भावना भएकाले बैंक अफ जापानले तत्काल थप ब्याजदर वृद्धि गर्न कठिन हुने धारणा लगानीकर्तामाझ बलियो बनेको छ। यही कारण, प्रधानमन्त्री चयन पछि येन बेच्ने स्थितिमा थप वृद्धि देखिएको हो ।

अब लगानीकर्ताको ध्यान प्रधानमन्त्री ताकाईचीको आर्थिक र मौद्रिक नीतिबारे आगामी अभिव्यक्तितर्फ केन्द्रित रहेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार