प्रधानमंत्रीको राजिनामा घोषणासंगै जापानी येनको भाउ थप कमजोर
टोकियो/जापान। जापानका प्रधानमन्त्री इशिबाको राजीनामा घोषणापछि विदेशी विनिमय बजारमा येन १४८ जापानी येनको मध्य दायरामा कमजोर बन्दै गएको छ। प्रधानमन्त्री इशिबाले राजीनामा दिने आफ्नो मनसायको घोषणा गरेपछि सोमबार बिहानैबाट विदेशी विनिमय बजारमा येन बेच्ने र डलर खरिद गर्ने क्रम बढेको देखियो। येन अस्थायी रूपमा अमेरिकी डलरको तुलनामा १४८ जापानी येनको मध्य दायरामा झरेको थियो। यसले गत हप्ताको अन्त्यमा १४७ जापानी...
जापानी येन कमजोर बन्दै जाँदा बैंक अफ जापानको गभर्नर उएदा र प्रधानमन्त्री इशिबाबीच विदेशी मुद्रा विषयमा छलफल
टोकियो/ जापान। जापान बैंकका गभर्नर काजुओ उएदाले बुधबार प्रधानमन्त्री शिगेरु इशिबासँग भेट गरेर अमेरिकी डलरसँगको विनिमय दरमा येन कमजोर बन्दै गएको सन्दर्भमा विदेशी मुद्रा विनिमय सम्बन्धी विषयमा छलफल गरेका छन्। ब्याजदर बढाउने विषयमा केन्द्रीय बैंक अझै सतर्क रहेको अनुमान भइरहेका बेला यस्तो भेट भएको हो। प्रधानमन्त्री कार्यालयमा भएको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै गभर्नर उएदाले विदेशी मुद्रा दरहरू “आर्थिक आधारभूत पक्षलाई...
बैंक अफ जापानले ब्याजदर बढाउने संकेत, अमेरिकी भन्सार शुल्कको प्रभावप्रति चेतावनी,येनको भाउमा पनि उतारचढाव हुनसक्ने
टोकियो/जापान। बैंक अफ जापान (BOJ) का उप-गभर्नर र्योजो हिमिनोले ब्याजदर आर्थिक अवस्था सुधारसँगै क्रमिक रूपमा बढाइरहनु “उचित” हुने बताएका छन्। तर, उनले अमेरिकी भन्सार शुल्क वृद्धि हुने सम्भावित नकारात्मक प्रभावको चेतावनी पनि दिएका छन्। गत मार्चदेखि तीनपटक नीतिगत ब्याजदर बढाइएता पनि, “मुद्रास्फीति अझै उच्च रहेको कारण वास्तविक ब्याजदर महत्वपूर्ण रूपमा कम स्तरमा नै रहिरहेकाले” थप वृद्धि आवश्यक रहेको हिमिनोले बताए...
जापानमा सेप्टेम्बर महिनामा पनि थप महंगी बढ्ने,१ हजार ४ सय २२ खाद्य पदार्थको मूल्य बढ्ने
टोकियो/जापान। निजी क्रेडिट अनुसन्धान संस्था “तेइकोकु डाटा बैंक” को अध्ययन अनुसार, कच्चा पदार्थको मूल्यवृद्धि लगायतका कारणले आगामी सेप्टेम्बर महिनामा मूल्य बढ्ने खाद्य पदार्थको संख्या १ हजार ४ सय २२ पुग्ने भएको छ। यो संख्या गत वर्षको सोही महिनाको तुलनामा ०.६ प्रतिशत बढी हो। यस्तै, खाद्य उत्पादन कम्पनीहरूले यस वर्षको नोभेम्बरसम्ममा मूल्यवृद्धि गर्ने भनेर घोषणा गरिसकेको खाद्य वस्तुहरूको संख्या जम्मा गर्दा...
टोकियो विश्वकै नम्बर एक ‘वर्केसन’ शहर घोषित
टोकियो/जापान। विश्वव्यापी सर्वेक्षणअनुसार जापानको राजधानी टोकियोलाई कामसहितको बिदा (वर्केसन) मनाउन उपयुक्त उत्कृष्ट शहरको रूपमा पहिलो स्थानमा राखिएको छ। स्विस कम्पनी इन्टरनेश्नल वर्कप्लेस ग्रुप(International Workplace Group)ले विश्वका ४० वटा शहरलाई लचिलो कार्यस्थल, डिजिटल नोमाड भिसाको पहुँच, इन्टरनेटको गुणस्तर, सुरक्षात्मक वातावरण र प्राकृतिक सौन्दर्य जस्ता सूचकाङ्कमा मूल्याङ्कन गर्दै यो सूची सार्वजनिक गरेको हो। यसपटक पहिलो पटक सूचीमा समावेश गरिएको टोकियोले असाधारण इन्टरनेट स्पिड,...
अमेरिकी अर्थतन्त्रप्रति सकारात्मक अनुमान बढेसंगै जापानी येनको भाउमा फेरि गिरावट
टोकियो/जापान। अमेरिकी अर्थतन्त्रको भावी दिशा मजबुत रहने अपेक्षाका कारण डलरप्रति लगानीकर्ताको विश्वास बढेको छ, जसको असर टोकियोको विदेशी मुद्रा बजारमा देखिएको छ। यसै कारण, डलरको तुलनामा जापानी येन कमजोर बन्दै गएको छ। टोकियो विदेशी विनिमय बजारमा २५ तारिख दिउँसो ५ बजेको अवस्थामा डलरको तुलनामा येनको विनिमय दर २४ तारिखको तुलनामा घट्दै १ डलर बराबर १४७. ३९ येन कायम भएको छ। यस्तै,...
बैंक अफ जापानको ब्याजदर अझै बढ्ने संकेत,जापानी येनको भाउमा पनि प्रभाव पार्न सक्छ
टोकियो/जापान । जापानको केन्द्रीय बैंक, बैंक अफ जापानका उपगभर्नर शिनइचि उचिदाले बुधबार कोचि प्रिफ्क्चरमा गरेको एक सम्बोधनमा जापानी अर्थतन्त्र र मुद्रास्फीति अपेक्षानुसार अगाडि बढेमा केन्द्रीय बैंकले मौद्रिक नीति सामान्यीकरणतर्फको बाटो लिने संकेत दिएका छन्। उचिदाले भने, “वास्तविक ब्याजदर निकै न्यून स्तरमा रहेको अवस्थामा, आर्थिक गतिविधि र मूल्यहरूको सुधारअनुसार केन्द्रीय बैंकले नीतिगत ब्याजदर क्रमशः बढाउँदै जानेछ।”तर उनले युएस (अमेरिकी) भन्सार शुल्कको बारेमा...
जापानमा ७५ प्रतिशतले ‘मूल्यहरू धेरै बढेको’ महसुस गरेछन्,तपाईलाई चाहीँ जापानको मूल्यवृद्धि कस्तो लागिरहेको छ ?
टोकियो/जापान। जापानको केन्द्रीय बैंक, बैंक अफ जापानले सोमबार सार्वजनिक गरेकोसर्वेक्षणअनुसार, सन् २०२५ को पछिल्लो एक वर्षको अवधिमा दैनिक उपभोग्य वस्तु र खाद्य सामग्रीको मूल्य निरन्तर बढ्दै जाँदा ७५.३ प्रतिशत उत्तरदाताले “धेरै बढेको” महसुस गरेका छन्। यो संख्या अहिलेसम्मकै सबैभन्दा उच्च हो। “अलिकति बढेको” भन्नेहरू समेत समावेश गर्दा, मूल्य वृद्धि भएको महसुस गर्नेको संख्या ९६.१ प्रतिशत पुगेको छ, जुन अघिल्लो मार्चको...
जापानमा नयाँ नोट सार्वजनिक भएको एक वर्षपछि पनि उपयोग दर सुस्त
टोकियो/जापान। जापानको नयाँ सिरिजका कागजी नोटहरू सार्वजनिक भएको आउँदो बिहीबार एक वर्ष पूरा हुँदैछ, तर यसको उपयोग दर अपेक्षाकृत सुस्त देखिएको छ। बैंक अफ जापानका अनुसार अहिले चलनचल्तीमा रहेका कुल नोटमध्ये ३० प्रतिशतभन्दा कम मात्र नयाँ डिजाइनका नोटहरू रहेका छन्। मे महिनाको अन्त्यसम्म करिब ५ अर्ब नयाँ नोटहरू प्रचलनमा रहेका छन्, जसले कुल नोटहरूको जम्मा २८.८ प्रतिशत हिस्सा ओगटेको छ।...
फोरेक्स जापानको प्रबिधि मैत्री (डिजिटल )सेवाको आक्रमक विस्तार
टोकियो/जापान। “दुःखको कमाई ढुक्कले पठाउँ” भन्ने मुल नारा सहित जापान बाट नेपाल लगायत बिश्वका विभिन्न देशमा रेमिट सेवा प्रदान गर्दै आईरहेको फोरेक्स रेमिटले डिजिटल प्लेटफर्महरूलाई आक्रमक रुपमा विस्तार गरेको छ । केही समय पहिले मात्र मोवाईल एप्लिकेशनबाट समेत सेवा शुरू गरेको कम्पनीले दुई ओटा नयाँ फीचरसहित डिजिटल वालेट सेवा शुरू गरेको छ ।सेवाहरूलाई सरल र सहज रूपमा ग्राहक माझ पुगोस...

