जापानमा महँगी दुई वर्षयताकै उच्च विन्दुमा
टोकियो/जापान। प्रधानमन्त्री शिगेरु ईशिबा आगामी ग्रीष्मकालीन निर्वाचनको तयारीमा जुटिरहँदा जापानको उपभोक्ता मूल्य वृद्धिदर (महँगी) पछिल्ला दुई वर्षयताकै उच्च विन्दुमा पुगेको छ। मुलुकको मुद्रास्फीति दर अनुमानभन्दा बढी तीव्र गतिमा बढेको देखिएको छ, जसले बैंक अफ जापानलाई मूल्य स्थायित्वको रणनीतिमा पुनर्विचार गर्न बाध्य पार्न सक्छ। शुक्रबार सार्वजनिक गरिएको जापानको आन्तरिक मामिला मन्त्रालयको विवरणअनुसार, ताजा खाद्य वस्तुहरू बाहेकको उपभोक्ता मूल्य गत वर्षको मे...
जापानी येनको भाउ थप बलियो हुने, प्रति डलर १३६ येनमा पुग्न सक्ने नोमुराको आँकलन
टोकियो/जापान । आगामी केहि समयमा जापानी येनको भाउ थप उकालो लाग्ने अनुमान गरिएको छ। जापानी लगानीकर्ताहरूले अमेरिकी सम्पत्तिबाट ध्यान हटाएर स्वदेशी बन्धपत्रतर्फ ध्यान दिन थालेसँगै, आगामी १/२ महिनामा येन डलरको तुलनामा करिब ६ प्रतिशत बलियो हुनसक्ने सम्भावना रहेको जापानको ठूला लगानी बैंक नोमुराले बताएको छ। नोमुरा होल्डिङ्सका विश्लेषक युसुके मियाइरी, युजिरो गोतो र डोमिनिक बन्निङले शुक्रबार जारी गरेको प्रतिवेदनमा लेखिएको...
जापानका ठूला बैंकहरू लागत घटाउन एटीएम संयोजनको तयारीमा
टोकियो/ जापान। जापानका तीन प्रमुख बैंकहरू — एमयुएफजी, सुमितोमो मित्सुई र मिजुहो बैंकले लागत घटाउन संयुक्त रूपमा एटीएम सञ्चालन गर्ने सम्भावना बारे छलफल गरिरहेका छन्। विषयसँग जानकार स्रोतहरूले जनाएअनुसार, ती बैंकहरूले एटीएमको सुरक्षा, अनुगमन र नगद आपूर्ति जस्ता सञ्चालन खर्चहरू घटाउन सकिने सम्भावनाको मूल्याङ्कन गरिरहेका छन्। तीनवटै बैंकका प्रवक्ताहरूले हालसम्म कुनै अन्तिम निर्णय नभएको बताएका छन्। यद्यपि, यी बैंकहरूले हालै...
अमेरिका–चीन व्यापार तनाव बढ्दा जापानी येनको भाउमा सुधार
टोकियो/ जापान। साता पहिलो कारोबार दिन सोमबार टोकियो विदेशी मुद्रा बजारमा येनको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। अमेरिका र चीनबीच पुनः चर्किएको व्यापार विवादले अमेरिकी अर्थतन्त्रमा नकारात्मक असर पार्नसक्ने चिन्ताले लगानीकर्ताहरूले डलर बेचेर येन किन्न थालेका छन्। यसले गर्दा येनको भाउ १. १३ येनले मजबुत भएको हो। बजार विश्लेषकहरूको भनाइ अनुसार: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि “सम्झौता उल्लंघन” को आरोप लगाएपछि...
जापानको प्रस्थान करको आम्दानी ऐतिहासिक रूपमा उच्च, सन् २०२४ मा ४८ अर्ब येन नाघ्यो
टोकियो/जापानं जापानले सन् २०२४ को आर्थिक वर्षमा विदेशी यात्रुहरूबाट लिएको प्रस्थान करबाट अहिलेसम्मकै उच्च आम्दानी गरेको छ। यात्रुहरूको संख्यामा उल्लेखनीय वृद्धि भएका कारण यो कर राजस्व नयाँ कीर्तिमा पुगेको, वित्त मन्त्रालयले जानकारी दिएको छ। जसअनुसार, अप्रिलदेखि मार्चसम्मको आर्थिक वर्षको अन्तिम हिसाब अझै बाँकी भए पनि मे महिनासम्मको संकलन अनुसार राजस्व ४८ अर्ब १० करोड येन पुगेको छ। यो रकम सन् २०१९...
बैंक अफ जापानले ब्याजदर अझै बढाउने संकेत दिएपछि येनमा सुधार
टोकियो/जापान। बैंक अफ जापान (BOJ) का गभर्नर काजुओ उएदाले देशको अर्थतन्त्र अपेक्षानुसार सुधारिएमा नीतिगत ब्याजदर अझै बढाउन सकिने संकेत दिएका छन्।उनको यो भनाइपछि जापानी येनको भाउ डलरको तुलनामा सुधार हूँदै प्रति १ डलर बराबर १४२.१२ येन सम्म पुग्यो। उएदाले टोकियोमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा भने, “यदि आर्थिक आँकडाले हाम्रो अपेक्षा पुष्टि गर्यो भने, हामी आवश्यकतानुसार मौद्रिक नीतिमा समायोजन गर्नेछौं,” उनका अनुसार...
जापानको केन्द्रीय बैंकद्वारा ब्याजदर यथावत राख्ने निर्णय, मुद्रास्फीति र आर्थिक वृद्धिदर प्रक्षेपण घट्यो
टोकियो/जापान। जापानको केन्द्रीय बैंक, बैंक अफ जापानले बिहीबार मौद्रिक नीतिलाई यथावत् राख्ने निर्णय गरेको छ भने मुद्रास्फीति र आर्थिक वृद्धिको प्रक्षेपण घटाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उच्च भन्सार नीति र विश्व अर्थतन्त्रको अनिश्चितताको बीचमा, जापानको अर्थतन्त्र र मूल्यहरूमा पर्ने असरलाई बैंक अफ जापानले ध्यानपूर्वक निगरानी गरिरहेको छ। बुधबारदेखि सुरु भएको दुईदिने बैठकमा, बैंक अफ जापानको नीति बोर्डका नौ सदस्यहरूले एकमतले...
जापानमा सञ्चित चामलको बजार आपूर्ति अझै सुस्त,बजार भाउ आकासिने क्रम जारी
टोकियो/जापान। जापानमा अहिले चामलको मूल्य उच्च छ। यस्तो अवस्थामा बजारमा आपूर्ति सहज होस् भन्ने उद्देश्यले सरकारले सञ्चित चामललाई लिलामीमार्फत प्रवाह गरिरहेको छ। तर, अपेक्षाअनुसार बजारमा चामल पुगेको छैन भन्ने गुनासो उठ्न थालेको छ। यति बेला सञ्चित चामलको लिलामीमा जेएजेनोउ(जापान राष्ट्रिय कृषि सहकारी महासंघ) ले करिब ९० प्रतिशतभन्दा बढी चामल खरिद गरेको छ। यस वर्षको मार्चमा भएको दुई पटकको लिलामीमा १...
जापानका स्वास्थ्य बीमा संस्था सञ्चालनमा संकट,वार्षिक घाटा झण्डै ३ खर्ब ८० अर्ब येनको आँकलन
टोकियो/जापान। जापानका ठूला कम्पनीहरूका कर्मचारी र उनीहरूका परिवारहरू आबद्ध हुने स्वास्थ्य बीमा संस्था अहिले गम्भीर आर्थिक संकटमा परेका छन्। सन् २०२३ आर्थिक वर्षमा मात्रै, यस्ता संस्थाहरूले करिब १ खर्ब ३६ अर्ब येन बराबरको घाटा बेहोरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा झण्डै २ खर्ब ७४ अर्ब येनले बढी हो। घाटाको प्रमुख कारणहरूमा, जापानमा वृद्धहरूको संख्या बढ्दै जानु र उनिहरुको स्वास्थ्य सेवा...
जापानी येनको भाउ पछिल्लो ७ महिनायताकै उच्च,नेपाली रुपैया बराबरीमा पुग्ने सम्भावना
टोकियो/जापान। २२ तारिखका दिन टोकियोको विदेशी विनिमय बजारमा जापानी येनको भाउ थप मजबुत बन्यो । अमेरिकी राष्ट्रपती ट्रम्पको नीतिको कारण अमेरिकाको मौद्रिक नीतिमा अस्थिरता आउने आशङ्काले डलर बेच्नेहरुको संख्या झनै तीव्र भयो,जसको कारण येनको मूल्य एक डलर बराबर १३९ येनसम्म पुग्यो । जुन करिब ७ महिनापछिको उच्च स्तर हो। २२ तारिख, टोकियोको विदेशी विनिमय बजारमा, ट्रम्प राष्ट्रपतिले अमेरिकी केन्द्रीय बैंक...

