टोकियो/जापान। बढ्दो ब्याजदर, घट्दो निक्षेप र अनलाइन बैंकहरूको प्रतिस्पर्धाका कारण जापानका क्षेत्रीय बैंकहरू कठिन स्थितिमा पुगेका छन्। त्यसैले करिब ३ ट्रिलियन येन बराबरको क्षेत्रीय बैंकिङ क्षेत्र अहिले मर्ज तथा पुनर्संरचनातर्फ अघि बढिरहेको छ।

हालै दाइशी–होकुएत्सु फाइनान्सियल ग्रुप र गुन्मा बैंक तथा चिबा बैंक र चिबा कोग्यो बैंक मर्ज गर्ने योजनासहित अघि बढेका छन्। विश्लेषकहरूका अनुसार, जापानका ७३ क्षेत्रीय बैंकमध्ये धेरैले अब मर्ज वा सहकार्य अपनाउनुपर्नेछ।

बैंक अफ जापान ले ब्याजदर बढाएपछि बन्ड मूल्य घटेको छ, जसका कारण क्षेत्रीय बैंकहरूले करिब ३.३ ट्रिलियन येन बराबरको कागजी घाटा व्यहोर्दै आएका छन्। यता, एरियाके क्यापिटल जस्ता लगानी फन्डहरूले सस्तो भइसकेका बैंकका सेयर किनिरहेका छन्, जसले मर्ज सम्भावना झनै बढाएको छ।

नियामक संस्था फाइनान्सियल सर्भिसेज एजेन्सीले पनि साइबर सुरक्षा, कडा सम्पत्ती शुद्धिकरण विरुद्धको कानुन र प्राविधिक खर्च बढ्दै गएको कारण क्षेत्रीय बैंकहरूलाई मर्ज र सहकार्यतर्फ प्रोत्साहित गरिरहेको छ।

विशेषज्ञहरूको भनाइमा, अब बैंकहरूको बाँच्ने आधार ठूलो आकार (स्केल) बन्नेछ, अन्यथा धेरै बैंकहरूको अस्तित्व भविष्यमा जोखिममा पर्न सक्छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार