टोकियो/जापान। ३ दिने लामो बिदा सकेर मंगलबार खुलेको टोकियो विदेशी विनिमय बजारमा येनको मूल्य बढेको छ। अमेरिकाको फेडरल रिजर्भ बोर्ड (एफआरबी) मा राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट स्टीभेन मिलानलाई सदस्य नियुक्त गर्ने प्रस्ताव अमेरिकन सिनेटले अनुमोदन गरेपछि ब्याजदर घट्ने अपेक्षा बलियो बन्न पुग्यो। जसको परिणामस्वरूप लगानीकर्ताहरुले डलरको सट्टामा येन लगानी बढाउँदा जापानी येनको भाउमा सुधार भएको हो ।

मंगलबार साँझ ५ बजेसम्मको कारोबारमा, १२ सेप्टेम्बरको तुलनामा केहि सुधार हुँदै प्रति १ डलर बराबर १४६.९० येनमा कारोबार भएको थियो।

बजार विश्लेषकहरूका अनुसार मिलानको नियुक्तिले ट्रम्पको प्रभाव अझै बढ्ने र ब्याजदर घट्ने सम्भावना तीव्र भएको सन्देश दिएको छ। तर एफआरबीले यसै हप्ताको बैठकमा ब्याजदर घटाउने भन्ने अड्कल पहिले नै धेरै लगानीकर्ताबीच फैलिइसकेकोले डलर बिक्रीको प्रभाव सीमित मात्र देखिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार