टोकियो/जापान। बैंक अफ जापानले अप्रत्याशित कदम चालेको छ। शुक्रबार भएको बैठकमा नीतिगत बोर्डले सर्वसम्मतिले निर्णय गर्दै हरेक वर्ष करिब ३ खर्ब ३५ अर्ब येन बराबरको एक्सचेञ्ज–ट्रेडेड फन्ड (ETF) र जापान रियल इस्टेट इन्भेस्टमेन्ट ट्रस्ट (J-REITS) क्रमशः बेच्न सुरु गर्ने घोषणा गरेको छ।

यो घोषणासँगै जापानी सेयर बजारमा तत्कालै गिरावट आएको छ। लगानीकर्ताहरूले जापान बैंकको यो कदमलाई अनपेक्षित मानिरहेका छन्, किनभने यसअघि बैंकले यस्ता सम्पत्तिहरू लामो समयसम्म आफ्नै लगानी पोर्टफोलियोमा राख्ने नीति अख्तियार गरेको थियो।

विश्लेषकहरूले भनेका छन् कि बैंक अफ जापानसो यो निर्णयले बजारमा अस्थिरता बढाउने सम्भावना छ, तर दीर्घकालीन रूपमा बजारलाई स्वाभाविक आपूर्ति–माग प्रणालीमा फर्काउन मद्दत गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार