टोकियो/जापान। नेपाली संगीत बजारमा तीज पर्वको अवसर पारेर दिनहुँ नयाँ- नयाँ गीतहरू सार्वजनिक भइरहेका छन्। यसै क्रममा अहिले सर्जक शिव अखेलीको शब्द तथा संगीतमा रहेको यथार्थपरक भावनाले भरिएको तीज गीत “आमाले नै हैछ” चर्चा र लोकप्रियताको शिखरमा उक्लिएको छ।

यो गीतमा जापानलाई कर्मभूमि बनाएका लोकप्रिय गायक तथा सर्जक सूर्य खड्का, अमित सापकोटा र शिवा केसीको सुमधुर स्वर सुन्न सकिन्छ भने तारानाथ आचार्यले संगीत संयोजन गरेका छन्।

गीतको भिडियो पनि श्रव्य सामग्री जत्तिकै आकर्षक बनेको छ। तारानाथ आचार्यकै निर्देशनमा तयार भएको भिडियोमा जुना गुरुङ, जीवन सहनीसहित थुप्रै कलाकारहरूको अभिनय देख्न सकिन्छ, जसले गीतको भावनालाई अझ जीवन्त बनाएको छ।

सार्वजनिक भएको छोटो समयमै समाजिक संजालका भिडियो प्लाटफर्महरुमा अत्यधिक मन पराइएको यो गीत सूर्य खड्काको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। हेर्नुहोस् पुरा भिडियो


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार