टोकियो,जापान। गायक चेतन राईको पाँचौं एल्बम रहेको नयाँ गीत ‘कैयौं प्रहर’ सार्वजनिक गरिएको छ ।आधुनिक पपमा आधारित यस एल्बममा रोमान्टिक शैलीका गीतहरू समेटिएका छन। प्रेम, भावना र सम्बन्धका सूक्ष्म आयामहरूलाई गीतमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
‘कैयौं प्रहर’को शब्द तथा संगीत प्रतिक थापाको रहेको छ भने स्वर स्वयं गायक राईको रहेको छ । गीतको संगीत संयोजन सविर कार्कीले गरेका हुन् ।
‘कैयौं प्रहर’ गीतको भिडियोसमेत सार्वजनिक गरिएको छ । भिडियोको निर्देशन प्रवीण पुरीले गरेका हुन। भिडियोमा कलाकार पूर्णबहादुर गन्धर्व र प्रितिका शर्माको अभिनय रहेको छ । जसले गीतको भावनालाई जीवन्त बनाएको छ ।
भिडियोको सम्पादन तथा रंग संयोजन राज धामीले गरेका हुन भने छायांकन सविन तिमल्सिनाले गरेका हुन । प्राविधिक पक्ष मजबुत रहेको भिडियोले दर्शकको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
गायक राईका अनुसार ‘कैयौं प्रहर’ गीतमा प्रेमका विभिन्न चरण, सम्बन्धमा आउने उतारचढाव तथा भावनात्मक अनुभूतिलाई समेटिएको छ । श्रोता तथा दर्शकमाझ फरक स्वादको सांगीतिक अनुभव दिने विश्वास गायक राइले व्यक्त गरे । हाल सार्वजनिक भएको यो गीत तथा भिडियोले संगीतप्रेमीहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ भने एल्बम ‘स्पिड’ पनि क्रमशः चर्चामा आउन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




