टोकियो/जापान। जापानलाई कर्मथलो बनाउँदै आएका गुल्मीमा जन्मिएका सर्जक विशाल क्षेत्रीले हालै एक यथार्थ परक अत्यन्तै मार्मिक तिज गित – “ए आमा हो छोरीको जाने ठाउँ कहाँ छ र”सार्वजनिक गरेका छन्। सार्बजनिक भएको छोटो समयमै नेपाली गितसंगित प्रेमीहरुमाझ लोकप्रिय बनेको गितले यतिखेर सर्बत्र चर्चा बटुलिरहेको सर्जक क्षेत्रीले बताएका छन् ।

“ए आमा हो छोरीको जाने ठाउँ कहाँ छ र”बोलको गीतले यतिबेला समग्र साँगितिक बजार तथा मल्टीमीडिया सहित सामाजिक सञ्जाल टिकटक तताइरहेको छ । उक्त गीतमा विशाल क्षेत्रीले शब्द तथा लय सिर्जना गरेका छन् भने चर्चित गायिका रिना केसीको स्वर तथा एम थापा मगरको एरेन्ज रहेको छ।

यशु भट्टराईको अभिनय रहेको गित दुर्गा पौडेलले निर्देशन गरेका छन् भने नवीन थापा मगरले सम्पादन गरेका छन्। गीतलाई दर्शक श्रोताले निकैनै रुचाईदिने आशामा रहेको गीतका सर्जक विशाल क्षेत्री बताउँछन् । गीत विशाल क्षेत्रीको आफ्नै युट्युब च्यानलमा सार्वजनिक भएको छ। हेर्नुहोस् गित(भिडियो)


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार