टोकियो, जापान। जापानमा नेपाली पाठ्यक्रमअनुसार कक्षा १२ सम्म अध्ययन अध्यापन गराउँदै आएको एभरेष्ट इन्टरनेशनल स्कुलका छैटौँ ब्याचका विद्यार्थीहरू यस वर्ष (सन २०२६) को एसईई (SEE) परीक्षामा सहभागी भएका छन्। आजबाट सुरु भएको उक्त परीक्षामा विद्यालयका कुल २३ जना विद्यार्थीले भाग लिएका छन्।
विद्यालय प्रशासनका अनुसार यस वर्ष ९ जना छात्र र १४ जना छात्रा गरी जम्मा २३ जना विद्यार्थी सहभागी भएका हुन्। सन २०२१ देखि निरन्तर रूपमा विद्यालयका विद्यार्थीहरूले एसईई परीक्षा दिँदै आएका छन्।
प्रवासमा बसेर पनि नेपाली भाषा, संस्कार र शिक्षालाई निरन्तरता दिन पाउँदा अभिभावकहरू निकै खुसी र उत्साहित रहेको विद्यालयका प्रिन्सिपल विष्णु प्रसाद भट्टले बताउनुभयो। उहाँका अनुसार विद्यालयले शैक्षिक उपलब्धिसँगै अनुशासन, नैतिक शिक्षा र संस्कारमा विशेष ध्यान दिँदै आएको छ।
प्रिन्सिपल भट्टका अनुसार,कक्षा ११ र १२ मा समेत नेपाली पाठ्यक्रमअनुसार पढाइ हुने एभरेष्ट इन्टरनेशनल स्कुलमा जापानका लागि नेपाली राजदूत संरक्षकको रूपमा रहने प्रावधान सहित नेपाल बाहिर सञ्चालन गरिएको एक मात्र नेपाली विद्यालय हो। यसले जापानमा हुर्किँदै गरेका दोस्रो पुस्ताका नेपाली विद्यार्थीहरूलाई आफ्नै देशको पाठ्यक्रममा आधारित अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्दै आएको छ।
प्रवासमा रहेर पनि नेपाली पहिचान जोगाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यसहित विद्यालय अघि बढिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




