अनेसास जापान च्याप्टरद्वारा ‘लालगोपालसँग कविता साँझ’ आयोजना

टोकियो, जापान । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले चर्चित कवि तथा गीतकार लालगोपाल सुवेदीसँग एक विशेष साहित्यिक कार्यक्रम ‘लालगोपालसँग कविता साँझ’ आयोजना गर्ने भएको छ। नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने तथा प्रवासमा साहित्यिक वातावरणलाई थप सशक्त बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रम फेब्रुअरी २१ तारिख, साँझ ५ बजेदेखि टोकियोको सुगामोस्थित राइनो किचनमा सञ्चालन...

जापानका ३ विश्वविद्यालयमा विदेशी विद्यार्थी कोटा वृद्धि, विश्व प्रतिभा भित्र्याउने लक्ष्य

टोकियो,जापान। जापान सरकारले अन्तर्राष्ट्रिय स्तरमा बढ्दो प्रतिस्पर्धाबीच विश्वभरका प्रतिभाशाली विद्यार्थी आकर्षित गर्ने उद्देश्यले ३ विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना कोटा (सीमा) बढाउने निर्णय गरेको छ। शिक्षा मन्त्रालयले नयाँ “विशेष छुट प्रणाली” अन्तर्गत तोहोकु विश्वविद्यालय, चुकुबा विश्वविद्यालय र हिरोशिमा विश्वविद्यालयलाई तोकिएको भर्ना सीमाभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी लिन अनुमति दिएको हो। शिक्षा मन्त्रालयका अनुसार सन् २०२६ अप्रिलबाट लागू हुने यस व्यवस्थाअन्तर्गत ती ३...

टोकियोको होप ईन्टरने़श्नल स्कुलमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणित सम्बन्धित प्रदर्शनी सम्पन्न

टोकियो,जापान। होप ईन्टरनेश्नल स्कुलले हालै भव्य तथा सफल विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणित सम्बन्धित प्रदर्शनी (STEAM) मेला २०२६ सम्पन्न गरेको छ।  यहि फेब्रुअरी १४ तारिख सम्पन्न कार्यक्रममा  विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरूले विज्ञान (Science), प्रविधि (Technology), इन्जिनियरिङ (Engineering), कला (Arts) तथा गणित (Mathematics) सम्बन्धी नवीन, सिर्जनात्मक तथा प्रयोगात्मक परियोजनाहरू प्रदर्शन गरेका थिए। मेलामा विद्यार्थीहरूले रोबोटिक्स प्रदर्शन, थ्रिडी प्रिन्टिङ प्रविधिबाट...

जापानमा स्वास्थ्य सेवा शुल्क वृद्धि हुने, सन २०२७ जुन देखि दोब्बर बनाइने योजना

टोकियो,जापान। जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयअन्तर्गतको एक उच्चस्तरीय प्यानलले अस्पताल तथा स्वास्थ्य सेवासम्बन्धी शुल्क वृद्धि गर्ने प्रस्ताव स्वीकृत गरेको छ। यस निर्णयले स्वास्थ्यकर्मीहरूको तलब वृद्धि, बढ्दो महँगी व्यवस्थापन तथा टेलिहेल्थ सेवाको विस्तारमा सहयोग पुग्ने सरकारको अपेक्षा छ। प्यानलले शुक्रबार अनुमोदन गरेको नयाँ शुल्क संरचनाअनुसार सार्वजनिक स्वास्थ्य बीमाअन्तर्गत पर्ने अस्पताल सेवामा बिरामीहरूले तिर्नुपर्ने रकम विभिन्न शीर्षकमा बढ्नेछ। महँगीको प्रभाव सम्बोधन...

जापानमा काठमाडौँ विश्वविद्यालयको शैक्षिक कार्यक्रम विस्तारको तयारी

टोकियो, जापान । नेपालकै प्रतिष्ठित शैक्षिक संस्था काठमाडौँ विश्वविद्यालयले जापानमा आफ्नो औपचारिक शैक्षिक उपस्थितिको विस्तार गर्ने तयारी अघि बढाएको छ। सूचना प्रविधि तथा व्यवस्थापन विषयमा उच्च शिक्षा कार्यक्रम सञ्चालन गर्ने लक्ष्यसहित विश्वविद्यालयले टोकियोमा शैक्षिक कार्यक्रम सञ्चालनको प्रारम्भिक गृहकार्य थालेको हो। यसका लागि जापानको निहोन वेलनेस युनिवर्सिटीसँग सहकार्यको ढाँचा तयार पारी प्रक्रिया अघि बढाइएको जनाइएको छ। यसै विषयमा आज टोकियोस्थित एभरेष्ट...

टोकियोमा काठमाडौँ विश्वविद्यालयकी उपकुलपति सहितको टोलीसंग विशेष अन्तरक्रिया सम्पन्न

टोकियो, जापान । जापानस्थित एभरेष्ट इन्टरनेशनल स्कुलले काठमाडौँ विश्वविद्यालयका उपकुलपति सहितको प्रतिनिधिमण्डलसँग विशेष अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। टोकियोको ओगिकुबोस्थित एभरेष्ट इन्टरनेशनल स्कुल (EISJ) क्याम्पसमा आज दिउँसो आयोजना गरिएको कार्यक्रममा नेपाल–जापान शैक्षिक सहकार्य, उच्च शिक्षाका अवसर तथा काठमाडौँ विश्वविद्यालयसँग सम्बन्धित शैक्षिक कार्यक्रमबारे प्रत्यक्ष जानकारी आदान–प्रदान गरिएको हो। कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. अच्युत प्रसाद वाग्ले नेतृत्वको टोली सहभागी रहेको थियो।...

जापानमा महानायक राजेश हमाललाई सम्मान

टोकियो, जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आयोजनामा तथा अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज (अनेसास) जापानको सह–आयोजनामा जापानव्यापीरुपमा सञ्चालन भइरहेको सप्ताहव्यापी मोटिभेसनल कार्यक्रम अन्तर्गत नेपाली चलचित्रका महानायक राजेश हमाललाई टोकियोमा “उदात्त योगदान सम्मान २०२६” द्वारा सम्मानित गरिएको छ। बुधबार टोकियोमा आयोजित कार्यक्रममा – कला, व्यक्तित्व विकास तथा सामाजिक चेतनामा उहाँले पुर्‍याउनुभएको दीर्घकालीन योगदानको उच्च कदर गर्दै उक्त सम्मान प्रदान गरिएको...

पाठशाला ईन्टरनेश्नल स्कुल जापान , जापानस्थित नेपाली समुदायका लागि खुसीको खबर

टोकियो, जापान । जापानमा बसोवास गरिरहेका नेपाली अभिभावकहरूका लागि खुसीको खबरका रूपमा टोकियोमा “पाठशाला ईन्टरनेश्नल स्कुल” सञ्चालनमा आएको छ। नेपाली समुदायका बालबालिकाहरुका साथै जापानमा बसोवास गर्ने अन्य विदेशी समुदाय लक्षित गरी स्थापना गरिएको यस विद्यालयले गुणस्तरीय, आधुनिक र प्रगतिशील शिक्षामार्फत बालबालिकाको चौतर्फी विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको जनाएको छ। विदेशमा आफ्ना नानीबाबुहरूलाई मातृभाषा, संस्कार र अन्तर्राष्ट्रिय स्तरको शिक्षा सँगसँगै...

एनआरएनए चिबाद्वारा निबन्ध लेखन प्रतियोगिताको म्याद थप,फेब्रुअरी ८ तारिखसम्म निबन्ध पठाउन सकिने

टोकियो,जापान। एनआरएनए चिबा) ले आयोजना गर्न लागेको “NRNA CHIBA निबन्ध लेखन प्रतियोगिता–२०२६ (श्रृङ्खला–२)” को निबन्ध बुझाउने अन्तिम म्याद थप गरिएको छ। यसअघि निबन्ध बुझाउने अन्तिम मिति २०२६ जनवरी ३१ सम्म तोकिएको भए पनि विभिन्न कारणले केही लेखकहरूले समयमै निबन्ध पेश गर्न नसकेको भन्दै थप समयको माग गरेपछि म्याद थप्ने निर्णय गरिएको एनआरएनए चिबाले जनाएको छ। नयाँ निर्णय अनुसार अब निबन्ध बुझाउने अन्तिम...

जापानमा आजदेखि विश्वविद्यालय प्रवेश परीक्षा सुरु, करिब ४९ हजार ६ सय परीक्षार्थी सहभागी

टोकियो,जापान। जापानमा विश्वविद्यालयमा भर्नाका लागि लिइने “विश्वविद्यालय प्रवेश साझा परीक्षा” (दाइगाकु न्युगाकु क्योचु टेस्ट) आज जनवरी १७ देखि सुरु हुँदैछ। यस वर्ष करिब ४९ हजार ६ सयभन्दा बढी विद्यार्थीले आवेदन दिएका छन्। यो परीक्षा जनवरी १७ र १८ गरी दुई दिन देशभरका ६ सय ५० स्थानमा सञ्चालन हुँदैछ। विश्वविद्यालय प्रवेश परीक्षा केन्द्रका अनुसार यो वर्ष केही नियमहरू परिवर्तन गरिएकाले परीक्षार्थीहरूले...