नेपाली युवा वैज्ञानिक डा. आशिष आचार्य, जापानको क्योटो विश्वविद्यालयको सह-प्राध्यापकमा चयन

टोकियो,जापान। जापानको प्रतिष्ठित क्योटो विश्वविद्यालयमा नेपाली युवा वैज्ञानिक डा. आशीष आचार्य सह–प्राध्यापक पदका लागि चयन भएका छन्। विश्वस्तरीय अनुसन्धानका लागि प्रसिद्ध मानिने यस विश्वविद्यालयमा स्थायी प्रकारको शैक्षिक पदमा नेपालका युवा अनुसन्धानकर्ताको चयन हुनु समग्र नेपाली समुदायको लागि गौरवपूर्ण उपलब्धि हो। भरतपुर–१४, सुन्दरबस्ती स्थायी ठेगाना भएका डा आचार्यले त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित भूगर्भशास्त्र विभागबाट स्नातकोत्तर पूरा गरेका थिए। उनले सन् २०२० मा...

स्याङ्जा समाज जापानले जापानमा होकेन,नेन्कीन,जेईकिन साथै कानुनी परामर्श सम्बन्धी कार्यक्रम गर्ने

टोकियो,जापान। स्याङ्जा समाज जापानको आयोजनामा बिमा (होकेन),पेन्सन (नेन्किन),कर (जेइकिन),जापानी कानुन बारे जानकारी मुलक कार्यक्रम हुने भएको छ। स्याङ्जा समाज जापानका अध्यक्ष वेद कार्कीका अनुसार जापानमा अत्यन्तै महत्वपूर्ण मानिने होकेन,नेन्किन,जेइकिन तथा जापानको कानुनबारे धेरै विदेशीहरुमा पर्याप्त जानकारी नहुने तथा जानकारी भएर पनि वेवास्था गर्ने प्रवृत्ति अधिक भएकाले सरकारले कडाई गर्ने प्रकृया अघि बढाईसकेको अवस्थामा जापानवासी नेपालीहरुलाई लक्षित गरि यस कार्यक्रम आयोजना...

एनआरएनए जापान चिबाद्वारा फेब्रुअरी १ तारिख दोस्रो अनलाईन कार्यक्रम गर्ने,वक्तामा डा. भुपालमान श्रेष्ठ

टोकियो,जापान। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान अन्तर्गत चिबा क्षेत्रीय समितिले प्रत्येक महिना ज्ञान, अनुभव र समसामयिक विषयवस्तुमा केन्द्रित अनलाइन लाइभ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। सोही शृङ्खलाअन्तर्गत एनआरएनए चिबा वेबीनार प्रोग्राम(NRNA Chiba Webinar Program )को दोस्रो एपिसोड फेब्रुअरी १ तारिख आयोजना गरिने भएको छ। यस एपिसोडमा यस वर्षकालागि अझै पनि ‘स्युस्योकु’ (जागिर)निश्चित नभएका विद्यार्थीहरूलाई लक्षित गर्दै स्युस्योकु प्रक्रिया...

जापानमा बसोबास गर्ने विदेशीको जापानी भाषा सीपबारे छलफल,यसै महिनाभित्र विदेशी नीतिसम्बन्धी आधारभूत धारणा तय गरिने

टोकियो,जापान। जापान सरकारको विदेशी नीतिसम्बन्धी विज्ञ परिषदको बैठकमा जापानमा बसोबास गर्ने विदेशी नागरिकहरूले जापानी भाषा सिकाइ गर्न सहज हुने कार्यक्रम सुरु गर्ने विषयमा छलफल भएको छ। परिषद्ले चाँडै आफ्नो सुझावसहितको प्रतिवेदन तयार गरी सरकार समक्ष सिफारिस गर्ने तयारी गरेको छ। सरकारले यसै महिनाभित्र विदेशी नीतिसम्बन्धी आधारभूत धारणा तय गर्ने योजना बनाएको छ। यसका लागि विश्वविद्यालयका प्राध्यापक, वकिललगायत विज्ञहरू सम्मिलित परिषद्ले...

कास्की पोखरा समाज जापान र कोमागाने सहरबीच आपसी सहकार्य विस्तारबारे छलफल,वरपिपल सहितको चौतारो बनाउने प्रस्ताव

जापान। कास्की पोखरा समाज जापान र जापानको नागानो प्रान्तस्थित कोमागाने सहरका नगर प्रमुखबीच आपसी सहकार्यलाई थप विस्तार गर्ने विषयमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ। उक्त भेटघाटमा नेपाल–जापान नागरिक आदान–प्रदान संघ (ネパール交流市民の会) तथा कोमागाने सहरस्थित नेपाल पुस्तकालय (नेपारु लाइब्रेरी) का प्रतिनिधि तथा सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो। छलफलका क्रममा नेपाल र जापानबीच सामाजिक, स्वास्थ्य तथा मानव संसाधन विकासका क्षेत्रमा सहकार्यलाई थप...

जापानमा यस वर्ष टाट पल्टिने कम्पनीहरुको संख्या १० हजार नाघ्ने अनुमान

टोकियो,जापान। जापानमा सन् २०२५ जनवरीदेखि नोभेम्बरसम्म कुल ९ हजार ३ सय ७२ कम्पनीहरुले टाट पल्टिएको घोषणा गरेका छन्। यस आधारमा यो वर्ष पनि लगातार दोस्रो पटक टाट पल्टिने कम्पनीहरुको संख्या १० हजार नाघ्ने प्रक्षेपण गरिएको छ। यो तथ्याङ्क टोकियो शोको रिसर्च नामक क्रेडिट अनुसन्धान संस्थाले सोमबार सार्वजनिक गरेको हो। अनुसन्धान अनुसार १ करोड येन वा सोभन्दा बढी दायित्व राखेका कम्पनीहरुको...

अनेसास जापानको १४ औँ अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन,अध्यक्षमा आनन्द अधिकारी

टोकियो/जापान। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान शाखाको १४औँ अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै संस्थाको साहित्यिक यात्रा अझ सशक्त बनाउने संकल्प व्यक्त गरेको छ। अधिवेशनबाट आनन्द अधिकारीलाई संस्थाको अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ। अधिकारीको नेतृत्वमा अनेसास जापानले जापानमा रहेका नेपाली स्रष्टा, लेखक तथा साहित्यप्रेमीहरूलाई एकीकृत गर्दै साहित्यिक अभियानलाई अझ व्यापक बनाउने अपेक्षा...

अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षित गर्न जापानी विश्वविद्यालयहरूमा अंग्रेजीमा कक्षा बढ्दो

जापान,टोकियो। अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना बढाउने र विश्वस्तरमा आफ्नो प्रतिस्पर्धात्मकता मजबूत गर्ने उद्देश्यले जापानका अधिक विश्वविद्यालयहरूले हाल अंग्रेजी भाषामा पढाइ हुने कक्षाहरूको संख्या विस्तार गरिरहेका छन्। जापानका धेरै शिक्षण संस्थाहरूले विदेशी विद्यार्थीलाई लक्षित कार्यक्रमहरू बढाउँदै लगेको छ। जस अनुसार स्नातक तथा स्नातकोत्तर तहका विभिन्न विषयहरूमा पूर्ण रूपमा अंग्रेजीमा चल्ने पाठ्यक्रम थपिएका छन्। यसले जापानी भाषा नबोलेका विद्यार्थीलाई पनि जापानमा उच्च अध्ययन...

जापानमा जापानी भाषा सिक्नेहरुको संख्या ऐतिहासिक स्तरमा, नेपाली विद्यार्थीहरु दोस्रो स्थानमा

टोकियो,जापान। जापानमा जापानी भाषा सिक्ने विदेशीहरूको संख्या हालसम्मकै उच्च स्तरमा पुगेको छ। शिक्षा मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार जापानभर जापानी भाषा सिक्नेहरूको संख्या २ लाख ९४ हजार १ सय ९८ पुगेको छ, जुन यो क्षेत्रको इतिहासमै सर्वाधिक हो। यो तथ्यांकले जापानमा बढ्दो विदेशी बसोबास, श्रमिक आवश्यकताको वृद्धि र सामाजिक समावेशीकरणसँगै भाषा शिक्षाको माग तीव्र रूपमा बढिरहेको संकेत गरेको...

जापानमा विद्यार्थीका शैक्षिक खर्च बढ्दै, अभिभावकहरू दबाबमा

टोकियो,जापान। गैरसरकारी संस्था सेभ द चिल्ड्रेन जापानको पछिल्लो सर्वेक्षणले जापानमा विद्यालय जाने विद्यार्थीका शैक्षिक खर्च निरन्तर बढ्दै गएको देखाएको छ। विशेषगरी विद्यालयका युनिफर्म, ब्याग, जुत्ता र अन्य आवश्यक सामग्रीको मूल्य उल्लेख्य रूपमा वृद्धि भएको पाइएको हो। सर्वेक्षणअनुसार माध्यमिक तहका विद्यार्थीका लागि युनिफर्म खर्च औसत ६४,६५६ येन पुगेको छ भने उच्च माध्यमिकका लागि ८०,६२१ येन अघिल्लो वर्षको तुलनामा करिब १०,००० येनले...