टोकियो,जापान। जापान सरकारको विदेशी नीतिसम्बन्धी विज्ञ परिषदको बैठकमा जापानमा बसोबास गर्ने विदेशी नागरिकहरूले जापानी भाषा सिकाइ गर्न सहज हुने कार्यक्रम सुरु गर्ने विषयमा छलफल भएको छ। परिषद्ले चाँडै आफ्नो सुझावसहितको प्रतिवेदन तयार गरी सरकार समक्ष सिफारिस गर्ने तयारी गरेको छ।

सरकारले यसै महिनाभित्र विदेशी नीतिसम्बन्धी आधारभूत धारणा तय गर्ने योजना बनाएको छ। यसका लागि विश्वविद्यालयका प्राध्यापक, वकिललगायत विज्ञहरू सम्मिलित परिषद्ले निरन्तर छलफल गरिरहेको छ।

जनवरी ८ मा भएको बैठकमा भएको बैठकमा,जापानमा बसोबास गर्ने विदेशीहरूका लागि जापानी भाषा सिकाउने विशेष कार्यक्रम स्थापना गर्ने,विदेशी नागरिकद्वारा जापानभित्र अचल सम्पत्ति (जग्गा–घर) खरिदमा नियमन आवश्यक छ कि छैन भन्ने विषय,
त्यस्ता गतिविधि नियमनका लागि कानुन बनाउन आवश्यक पर्ने आधार लगायत विषयमा विचार–विमर्श गरिएको छ।

विज्ञ परिषद्ले यी छलफललाई समेटेर छिट्टै सुझावपत्र तयार पार्ने र सरकारलाई औपचारिक रूपमा प्रस्ताव पेश गर्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार