
टोकियो,जापान। जापानमा सन् २०२५ जनवरीदेखि नोभेम्बरसम्म कुल ९ हजार ३ सय ७२ कम्पनीहरुले टाट पल्टिएको घोषणा गरेका छन्। यस आधारमा यो वर्ष पनि लगातार दोस्रो पटक टाट पल्टिने कम्पनीहरुको संख्या १० हजार नाघ्ने प्रक्षेपण गरिएको छ। यो तथ्याङ्क टोकियो शोको रिसर्च नामक क्रेडिट अनुसन्धान संस्थाले सोमबार सार्वजनिक गरेको हो।
अनुसन्धान अनुसार १ करोड येन वा सोभन्दा बढी दायित्व राखेका कम्पनीहरुको टाट पल्टिने संख्या नोभेम्बर महिनामा गत वर्षको तुलनामा ७.५ प्रतिशत घटेर ७ सय ७८ मा सीमित रहे।
संस्थाका अनुसार मूल्यवृद्धि, कच्चा पदार्थको महँगो लागत तथा श्रम अभाव का कारण सबैभन्दा धेरै साना तथा मध्यम व्यवसाय प्रभावित भएका छन्।
नोभेम्बर महिनामा टाट पल्टिएका मध्ये ठूलो दायित्व (५ करोड येनभन्दा माथि) राख्ने कम्पनीहरू आधाले घटेपछि कुल दायित्व रकम पनि झण्डै ४८.६ प्रतिशत ले घटेर ८२.४ अर्ब येन पुगेको छ।
सेवा क्षेत्र सबैभन्दा बढी प्रभावित भयो। नोभेम्बरमा मात्र २ सय ५० सेवा-सम्बन्धी कम्पनी टाट पल्टिएका छन्। यद्यपि यो संख्या गत वर्षको सोही अवधिभन्दा १७.८ प्रतिशत कम हो।
जनवरी-नोभेम्बरसम्म ७ सय कम्पनीको दिवालियापनको प्रत्यक्ष कारण मूल्यवृद्धि नै रह्यो, जुन गत वर्षको तुलनामा ७.४ प्रतिशत ले बढेको हो। सस्तो येनका कारण ऊर्जा तथा खाद्यान्न लागत बढेपछि धेरै व्यवसायहरू थप दबाबमा परेको अनुसन्धानमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




