जापानका विश्वविद्यालयहरू अंग्रेजी माध्यममा तर्फ उन्मुख,प्रमुख विश्वविद्यालयहरुले अंग्रेजी कोर्स बढाउँदै
टोकियो,जापान। जापानका विश्वविद्यालयहरूले अब घरेलु विद्यार्थीका लागि समेत अंग्रेजी भाषामा पढाइ सुरु गर्ने तयारी तीव्र पारेका छन्। हालसम्म विदेशी विद्यार्थी वा एक्स्चेन्ज कार्यक्रममा सहभागी हुनेहरूका लागि मात्र अंग्रेजी कक्षा चलाइँदै आएको भए पनि अब अधिकांश विश्वविद्यालयहरूले आफ्ना मुख्य कार्यक्रमहरू अंग्रेजीमा पढाउने नीति अगाडि बढाइरहेका छन्। टोकियो विश्वविद्यालयको इन्जिनियरिङ्ग स्नातकोत्तर विद्यालयले सन् २०२६ देखि सबै कक्षा अंग्रेजीमा सञ्चालन गर्ने घोषणा गरेपछि...
जापानमा विद्यालय बुलिङका घटना ऐतिहासिक रूपमा बढ्यो, गत वर्ष ७ लाख ६९ हजारभन्दा बढी घटना
टोकियो, जापान। जापानको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको ताजा प्रतिवेदनअनुसार, गत वर्ष जापानभरका विद्यालयहरूमा पहिचान भएका बुलिङ (विद्यालयमा हुने हिंसा र उत्पीडन) का घटना संख्या अहिलेसम्मकै सबैभन्दा धेरै पुगेका छन्। कुल ७ लाख ६९ हजारभन्दा बढी घटना दर्ता भएका छन्, जसले लगातार चार वर्षदेखि रेकर्ड तोड्दै आएको देखाएको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा करिब ३६...
जापानमा माध्यमिक विद्यालय पुगेपछि बालबालिकाको खर्च तीव्र रूपमा बढ्ने एक सर्वेक्षण
टोकियो,जापान। जापानमा बच्चा हुर्काउने कुल खर्च माध्यमिक वा उच्च माध्यमिक विद्यालय पुगेपछि उल्लेखनीय रूपमा बढ्ने तथ्य सार्वजनिक भएको छ। राष्ट्रिय बाल स्वास्थ्य तथा विकास केन्द्रद्वारा गरिएको नयाँ अध्ययनले बालपालन खर्च वर्षेनी बढ्दो क्रममा रहेको र अभिभावकको आर्थिक बोझ अझ गहिरिँदै गएको देखाएको छ। अध्ययनअनुसार, माध्यमिक तहसम्म बच्चा हुर्काउन औसत १ करोड ६२ लाख येन खर्च हुने अनुमान गरिएको छ। त्यसैगरी,...
अनेसास जापानद्वारा ७७ औँ साहित्य शृंखला तथा साहित्यपोस्ट एपको उद्घाटन कार्यक्रम आयोजना गरिँदै
टोकियो,जापान। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले ११७ औँ लक्ष्मी जयन्तीको अवसर पारेर ७७ औँ नियमित साहित्य शृङ्खला आयोजना गर्ने भएको छ। यो कार्यक्रम यही अक्टोबर २६ गते आइतबार टोकियोको सिनओकुबोस्थित सोल्मारी हलमा हुने जनाइएको छ। आयोजक संस्था अनेसास जापानका अनुसार, सो अवसरमा नेपालबाट आउनुभएका साहित्यकार तथा साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाको विशेष स्वागत तथा सम्मान कार्यक्रम राखिनेछ। साथै,...
जापानमा यस वर्षको पहिलो बर्ड फ्लु संक्रमण, होक्काइदोमा ४ लाख ५९ हजार कुखुरा नष्ट
साप्पोरो/जापान। जापानमा यो वर्षको बर्ड फ्लु सिजन सुरु भएको छ। होक्काइदो प्रान्तको सिराओई नगरस्थित एक कुखुरा फार्ममा अत्यधिक सङ्क्रामक एभियन इन्फ्लुएन्जा संक्रमण पुष्टि भएपछि यस वर्षको पहिलो घटना सार्वजनिक भएको हो। होक्काइदो प्रान्तीय सरकारले उक्त फार्ममा रहेका करिब ४ लाख ५९ हजार, अण्डा उत्पादन गर्ने कुखुराहरूलाई नष्ट गर्न सुरु गरिएको छ। साथै वरिपरिका १० किलोमिटरको दायराभित्र रहेका अन्य चार कुखुरा...
टोकियो विश्वविद्यालयको विश्व र्याङ्किङमा ऐतिहासिक उचाइ, चीन र जापानका विश्वविद्यालयहरूले बनाए आफ्नो स्थान
टोकियो,जापान।थाइम्स हाइयर एजुकेशनले सार्वजनिक गरेको विश्वविद्यालयको सन २०२५ को विश्व रैंकिङमा जापानको टोक्यो विश्वविद्यालयले २६औं स्थान ओगटेर आफ्नै इतिहासकै सर्वोच्च उपलब्धि हासिल गरेको छ। गत वर्ष यसले २८औं स्थान प्राप्त गरेको थियो। यसैबीच, क्योटो विश्वविद्यालयको र्याङ्किङ ५५औं बाट झरेर ६१औं स्थानमा पुगेको छ। संयुक्त अधिराज्यको अक्सफोर्ड विश्वविद्यालयले लगातार दसौं पटक शीर्ष स्थान कायम गरेको छ भने शीर्ष १० मा अमेरिका...
जापानमा ८ हजारभन्दा बढि विदेशी बालबालिकाहरु विद्यालय नगएको हुनसक्ने
टोकियो,जापान। शिक्षा मन्त्रालयको सर्वेक्षणअनुसार सन् २०२४ मे महिनासम्म जापानमा प्राथमिक र जुनियर हाइस्कूल उमेरका करिब ८ हजार ४३२ जना विदेशी बालबालिका विद्यालयमा पढिरहेका छैनन् वा नपढेको हुनसक्ने देखिएको छ। यो अघिल्लो वर्षको सर्वेक्षणभन्दा १६९ ले कम हो। जापानमा प्राथमिक वा जुनियर हाइस्कूलमा पढ्ने अधिकार पाउने गरी दर्ता भएका विदेशी बालबालिकाको कुल संख्या १ लाख ६३ हजार ३५८ पुगेको छ, जुन...
जापानी समुद्री अनुसन्धानलाई गिनिज वर्ल्ड रेकर्डको मान्यता
टोकियो/जापान। जापानको गहिरो समुद्री अनुसन्धानलाई गिनिज वर्ल्ड रेकर्डले आधिकारिक मान्यता दिएको छ। जापानी अनुसन्धान जहाज चिक्यु ले गत वर्ष गरेको ड्रिलिङमार्फत विश्वकै सबैभन्दा गहिरो वैज्ञानिक समुद्री ड्रिलिङको रेकर्ड कायम गरेको हो। चिक्यु जहाजको उपकरणले समुद्री सतहदेखि ६ हजार ८ सय ९७ दशमलव ५ मिटर तलबाट ड्रिल सुरु गरी, समुद्री सतहभित्र थप ९८० मिटर प्वाल पार्यो। यसरी जहाजको ड्रिल पाइपको कुल...
जापानमा सभा र र्याली गर्दा नेपाली समुदायले सचेत रहनुपर्ने कुराहरु
टोकियो/जापान। जापानमा बसोवास गर्ने नेपाली समुदायले विभिन्न समयमा ऐक्यवद्धता सभा, सांस्कृतिक कार्यक्रम वा विरोध प्रदर्शन आयोजना गर्ने गरेको पाइन्छ। तर, सार्वजनिक स्थलमा आयोजना हुने यस्ता गतिविधि बिना अनुमति गरिए कानुनी कारबाहीमा पर्नुपर्ने जोखिम हुन्छ। कानुन उल्लङ्घन भएमा जरिवाना वा कैद मात्र होइन, विदेशीको हकमा भिसा खारेज वा देश निकाला जस्ता गम्भीर परिणाम समेत आउन सक्छन्। सार्वजनिक स्थलमा होहल्ला गर्दा लाग्ने...
तपाईलाई थाह छ ? आज सेप्टेम्बर १ तारिख जापानमा बोउसाईनो हि(防災の日- विपद् व्यवस्थापन दिवस) हो नि !
टोकियो/जापान। आज सेप्टेम्बर १ तारिख, जापानमा “बोउसाई नो हि” (防災の日) अर्थात् “विपद् व्यवस्थापन दिवस” का रुपमा मनाइन्छ। यो दिवस सन् १९२३ को सेप्टेम्बर १ मा आएको विनाशकारी कान्तो भूकम्पको स्मृतिमा सुरुवात गरिएको हो। यस दिनलाई प्राकृतिक विपदहरु जस्तै- भूकम्प, सुनामी, आँधीबेहरी वा बाढी जस्ता घटनाप्रति सतर्क रहन र आपतकालीन तयारीलाई मजबुत बनाउन समर्पित गरिएको छ। यस अवसरमा जापानका विभिन्न क्षेत्रमा...

