प्रतीकात्मक तस्वीरःएआई

टोकियो,जापान। गैरसरकारी संस्था सेभ द चिल्ड्रेन जापानको पछिल्लो सर्वेक्षणले जापानमा विद्यालय जाने विद्यार्थीका शैक्षिक खर्च निरन्तर बढ्दै गएको देखाएको छ। विशेषगरी विद्यालयका युनिफर्म, ब्याग, जुत्ता र अन्य आवश्यक सामग्रीको मूल्य उल्लेख्य रूपमा वृद्धि भएको पाइएको हो।

सर्वेक्षणअनुसार माध्यमिक तहका विद्यार्थीका लागि युनिफर्म खर्च औसत ६४,६५६ येन पुगेको छ भने उच्च माध्यमिकका लागि ८०,६२१ येन अघिल्लो वर्षको तुलनामा करिब १०,००० येनले बढेको हो।

अभिभावकहरूले विद्यालयले तोकिदिएका पसलबाट मात्रै सामग्री किन्नुपर्ने बाध्यता भएकाले सस्तो विकल्प खोज्न नपाएको बताएका छन्। झन्डै ७० प्रतिशत अभिभावकले सस्तो मूल्यमा युनिफर्म र खेलकुद पोसाक किन्न पाउने व्यवस्था माग गरेका छन्।

कम्प्युटर र ट्याबलेट खर्च पनि ठूलो बोझ बनेको छ। सर्वेक्षणमा सार्वजनिक विद्यालयका ८२ प्रतिशत र निजी विद्यालयका ८८ प्रतिशत अभिभावकले विद्यालयले तोकेको मोडेल किन्नुपरेको बताएका छन्।

संस्थाले सरकारले विद्यालय सामग्री विद्यालयकै स्वामित्वमा राख्ने, विद्यार्थीलाई खरिदमा स्वतन्त्रता दिने र आर्थिक सहयोग कार्यक्रम विस्तार गर्नुपर्ने सुझाव दिएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार