प्रतीकात्मक तस्वीरःएआई

टोकियो,जापान। जापानमा बच्चा हुर्काउने कुल खर्च माध्यमिक वा उच्च माध्यमिक विद्यालय पुगेपछि उल्लेखनीय रूपमा बढ्ने तथ्य सार्वजनिक भएको छ। राष्ट्रिय बाल स्वास्थ्य तथा विकास केन्द्रद्वारा गरिएको नयाँ अध्ययनले बालपालन खर्च वर्षेनी बढ्दो क्रममा रहेको र अभिभावकको आर्थिक बोझ अझ गहिरिँदै गएको देखाएको छ।

अध्ययनअनुसार, माध्यमिक तहसम्म बच्चा हुर्काउन औसत १ करोड ६२ लाख येन खर्च हुने अनुमान गरिएको छ। त्यसैगरी, उच्च माध्यमिक तहसम्म पुग्दा यो खर्च २ करोड १७ लाख
येन पुग्ने देखिएको छ।

यो अध्ययन सन २०२४ नोभेम्बरमा देशभरका १८ वर्ष वा सोभन्दा कम उमेरका पहिलो सन्तान भएका झण्डै ४ हजार १ सय आमाहरूबीच गरिएको थियो। सन् २००९ मा जापानको क्याबिनेट अफिसले गरेको माध्यमिक तहसम्मको अध्ययनसँग तुलना गर्दा यो खर्च करिब २ लाख येनले बढेको देखिएको छ। अध्ययनमा खर्च वृद्धिको मुख्य कारण बस्थ्यापन खर्चमा आएको निरन्तर वृद्धि रहेको उल्लेख छ।

नयाँ अध्ययनले देखाएको छ कि बच्चाको उमेर बढेसँगै वार्षिक खर्च पनि बढ्दै जान्छ। खाना, कपडा र अन्य जीवनोपयोगी वस्तुहरूको खर्चले हरेक उमेरमा कुल खर्चको आधाभन्दा बढी भाग ओगटेको पाइयो। विवरणअनुसार, ६ वर्ष वा सोभन्दा कम उमेरका बच्चाको वार्षिक खर्च करिब ८ लाख येन, प्राथमिक विद्यालयका विद्यार्थीका लागि १० लाख येन, माध्यमिक तहका लागि १४ लाख येन र उच्च माध्यमिक तहका लागि १८ लाख येन पुगेको छ।

यस अध्ययनले जापानमा घट्दो जन्मदर र बढ्दो पारिवारिक खर्चबीचको सम्बन्ध पुनः स्पष्ट पारेको छ। विशेषज्ञहरूका अनुसार, सरकारले शिक्षा र बस्थ्यापन खर्चमा सीधा सहायता बढाएन भने आगामी वर्षहरूमा बालपालन चुनौती अझ गहिरिँदै जाने सम्भावना छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार