विदेशी पीएचडी विद्यार्थीहरूलाई जापानको जीवन यापन सहयोग कार्यक्रमबाट हटाउने तयारी, सन् २०२७ देखि लागू हुने सम्भावना
टोकियो /जापान। जापानको शिक्षा मन्त्रालय अन्तर्गतको मानव संसाधन समितिले जुलाई ३० मा विदेशी पीएचडी विद्यार्थीहरूलाई जीवन यापन सहायताबाट हटाउने योजना स्वीकृत गरेको छ। यो योजना सन् २०२७ को शैक्षिक सत्रदेखि लागू हुने सम्भावना छ। यो सहायता कार्यक्रम “SPRING” (Support for Pioneering Research Initiated by the Next Generation) नामक योजनामार्फत प्रदान गरिन्छ, जुन सन् २०२१ मा जापान साइन्स एण्ड टेक्नोलोजी एजेन्सीद्वारा...
प्रतिभाशाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आकर्षित गर्न जापानले विश्वविद्यालयमा भर्ना सिमा खुकुलो बनाउने
टोकियो/जापान। प्रतिभाशाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई जापानमा अध्ययन गर्न आकर्षित गर्ने लक्ष्यसहित शिक्षा मन्त्रालयले सन् २०२६ को शैक्षिक सत्रदेखि लागु हुने गरी विश्वविद्यालयमा भर्ना सिमामा खुकुलो नीति ल्याउने निर्णय गरेको छ। शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार, तीन सय जना वा सोभन्दा बढी भर्ना कोटा भएका ठूलो संकाय वा विभागहरूमा अब अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या ११० प्रतिशतभन्दा कम सीमासम्म बढाउन पाइनेछ। हालको...
अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि जापानको राजधानी टोकियो, रोजाइको दोस्रो गन्तव्य
टोकियो/जापान। टोकियो अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि दोस्रो सबैभन्दा लोकप्रिय शहरका रूपमा छानिएको छ। क्वाक्वारेल्ली साइमण्ड्स (QS) द्वारा हालै प्रकाशित गरिएको विश्व विश्वविद्यालयको सहर र्याङ्किङ्ग अनुसार टोकियो विद्यार्थीहरूका लागि स्वर्गसरह गन्तव्यका रूपमा देखिएको हो। टोकियो सन् २०२४ यता निरन्तर दोस्रो स्थानमा रहँदै आएको छ। विशेषगरी “रोजगारी अवसरप्रतिको आकर्षण” र “रोजगर्ताहरूको सकारात्मक दृष्टिकोण”मा यसको मूल्याङ्कन उच्च देखिएको छ। सस्तो जीवनयापन...
अंग्रेजी दक्षता परीक्षण( TOEIC) परीक्षामा अत्याधुनिक प्रविधिबाट चिट गरेर उच्च अंक प्राप्त गर्ने चिनियाँ विद्यार्थी पक्राउ
टोकियो/ जापान । अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त अंग्रेजी दक्षता परीक्षण (TOEIC)मा प्रविधिको दुरुपयोग गर्दै संगठित चिटिङ गरिएको एक सनसनीपूर्ण घटना सार्वजनिक भएको छ। अत्यन्त सानो आकारको इयरफोन, मास्कभित्र लुकाइएको माइक र चश्मा-जस्तो इलेक्ट्रोनिक यन्त्रको प्रयोग गरेर अर्काको नाममा परीक्षा दिइएको पत्ता लागेपछि चीनका २७ वर्षीय वाङ लिकुनलाई जापान प्रहरीले पक्राउ गरेको बताईएको छ। क्योतो विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनरत वाङ यसअघि पनि...
जापानमा पहिलो पटक मुक्तक महोत्सव सम्पन्न गृष्मा पौड्यालको मुक्तक सङ्ग्रह विमोचित
टोकियो/जापान। अनेसास जापानको आयोजना र तनहु समाज जापानको सह-आयोजनामा जापानमै पहिलो पटक “मुक्तक महोत्सव २०२५” भव्यताका साथ सपन्न भएको छ । २१२औँ भानु जयन्तीको अवसर पारी आयोजना गरिएको कार्यक्रममा साहित्यकार गृष्मा पौड्यालको मुक्तक सङ्ग्रह “सङ्घर्ष १०१” विमोचन गरिएको थियो । कार्यक्रमको पहिलो चरणमा महासचिव अनिलकुमार निर्दोषले संचालन गर्नु भएको कार्यकममा संस्थाका अध्यक्ष अरुण पौडेलको सभापतित्वमा सह आयोजक तनहूँ समाज जापानका अध्यक्ष...
स्वामी श्री राजेश्वरानन्द जी जापान आगमन हुँदै ,नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम तय
टोकियो/जापान। “सेवा परमो धर्म”भन्ने जीवन मन्त्रका सशक्त वाहक स्वामी श्री राजेश्वरानन्द जी महाराज भारतको नयाँ दिल्लीबाट जापान आउन लाग्नुभएको छ। सेवा, प्रेम, दया, त्याग र शान्तिको सन्देश फैलाउने उद्देश्यले उहाँ शनिबार (जुन २१) टोकियोस्थित हानेदा विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ। मानवता र सनातन धर्मका सन्देशवाहक महाराज श्रीले भारतका विभिन्न राज्यहरूमा आश्रम, मन्दिर तथा समाजसेवा केन्द्रहरू सञ्चालन गर्दै आउनुभएको छ।...
जापानमा धान रोपाइँ – परम्परा, प्रविधि र प्रकृतिसँगको सह अस्तित्व
हामी सबैलाई थाह छ कि, जापान प्रविधि विकासमा निकै ठूलो फड्को मारेको मुलुक हो। यद्यपी,जापानको एउटा विशेषता भनेकै- प्रविधिसँगै परम्परालाई जोगाउँदै अघि बढ्नु हो। सहरको व्यस्त जीवनशैलीसँगै गाउँको परिश्रम, प्रकृतिको लय र कृषिको कदर आज पनि यहाँको मूख्य आकर्षणको रुपमा रहेको छ।जापानको यस्तै एक मौसमी परम्परा हो – धान रोपाइँ (田植え – ताउए), जुन प्रत्येक वर्ष मे महिनाको अन्त्यदेखि...
जापानी मन्दिरका मौन रक्षक : कोमाइनु (狛犬)
जापानी शिन्तो संस्कृति र मन्दिर वास्तुकलामा एउटा विशिष्ट मूर्ति देख्न पाइन्छ जसको नाम कोमाइनु (狛犬) हो । जो, सिंह र कुकुरको संयोजन जस्तो देखिन्छ । यस्ता मूर्तिहरू मन्दिरको प्रवेशद्वारमा जोडीमा राखिन्छन् र मन्दिरको प्रवेशद्वारमा उभिएर उक्त मन्दिर रक्षा गर्ने प्रतीकको रुपम मानिन्छन्। कोमाइनुका दुई मूर्तिमध्ये एकको मुख खुल्ला हुन्छ र अर्काको बन्द — जसले “अ” र “उन्” ध्वनि जनाउँछ, अर्थात्...
जापानमा सेनमोन (専門学校) तथा दाईगाकु (大学) प्रवेश गर्दा तयारी र ध्यान दिनुपर्ने कुराहरु
विद्यार्थी जीवन एक तहलाई समापन गर्दै अर्को तहमा पाइला प्रवेश गराउँदै अध्ययनको एउटा सार्थकतासँगै आफ्नो भविष्यलाई सुनिश्चित गर्ने यात्रा हो। देश तथा विदेश जहाँ भएपनि विद्यार्थी जीवन सङ्घर्षपुर्ण र जटिल अवस्थाहरुलाई आत्मसाथ गर्दै अघि बढ्न जरुरी पर्दछ भने हरेक विद्यार्थीको एउटै साझा उद्देश्य भनेको आफुले प्राप्त गरेको शिक्षाको विषय अनुसार आफ्नो ज्ञान तथा सीपलाई सहि स्थानमा पाइला टेकाउनु पनि...
अनेसास जापानको आयोजनामा जापानमै पहिलोपटक समुन्द्रमाथि साहित्यिक यात्रा सम्पन्न
टोकियो/जापान। अनेसास जापानको ७४ औं नियमित साहित्यिक शृङ्खला अन्तर्गत समुन्द्रमाथि साहित्यिक यात्रा सम्पन्न भएको छ। कार्यक्रम यही अप्रिल २७ तारिख जापानको खानागावा प्रिफेक्चरको योकोसुका सहरदेखि नजिकको सारूसिमा टापुमा पुगेक सम्पन्न भएको थियो। योकोसुका शहरबाट पानी जहाजको छोटो यात्रापछि पुगिने उक्त टापुमा नेपाली साहित्यिक कार्यक्रम आयोजना गरेको यो जापानमै पहिलो पटक हो । संस्थाका अध्यक्ष अरुण पौडलको अध्यक्षतामा सुरु गरिएको कार्यक्रममा अनेसासका...

