जापानी शिन्तो संस्कृति र मन्दिर वास्तुकलामा एउटा विशिष्ट मूर्ति देख्न पाइन्छ  जसको नाम कोमाइनु (狛犬) हो । जो, सिंह र कुकुरको संयोजन जस्तो  देखिन्छ । यस्ता मूर्तिहरू मन्दिरको प्रवेशद्वारमा जोडीमा राखिन्छन् र मन्दिरको प्रवेशद्वारमा उभिएर उक्त मन्दिर रक्षा गर्ने प्रतीकको रुपम मानिन्छन्।

कोमाइनुका दुई मूर्तिमध्ये एकको मुख खुल्ला हुन्छ र अर्काको बन्द — जसले “अ” र “उन्” ध्वनि जनाउँछ, अर्थात् सृष्टिको आरम्भ र अन्त्य। यसले जापानी जीवनदर्शनमा समष्टिको संकेत दिन्छ।

तपाईंले हेर्नुभएको तस्बिरमा देखिने कोमाइनु मूर्तिले एउटा बललाई खुट्टामुनि थिचिरहेको छ, जुन शक्ति, नियन्त्रण र धार्मिक सम्पत्तिको सुरक्षाको प्रतीक हो। यस्तो मूर्तिको जोडी प्रायः शिन्तो मन्दिरमा राखिन्छ, जसले दुष्ट आत्मा, अशुभ शक्ति र नकारात्मक ऊर्जालाई मन्दिर बाहिरै राख्ने विश्वास गरिन्छ।

कोमाइनु जापानी संस्कृति भित्र शान्ति, सुरक्षा र आध्यात्मिक शुद्धताको मूर्तरूप हो। नेपाली मन्दिरहरूमा देखिने रक्षक सिंहसँग यसको गहिरो सांस्कृतिक समानता पाइन्छ, जसले पूर्वी एशियाली संस्कृतिहरूको साझा दर्शनलाई प्रतिविम्बित गर्छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार