टोकियो/जापान। टोकियो अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि दोस्रो सबैभन्दा लोकप्रिय शहरका रूपमा छानिएको छ। क्वाक्वारेल्ली साइमण्ड्स (QS) द्वारा हालै प्रकाशित गरिएको विश्व विश्वविद्यालयको सहर र्याङ्किङ्ग अनुसार टोकियो विद्यार्थीहरूका लागि स्वर्गसरह गन्तव्यका रूपमा देखिएको हो।
टोकियो सन् २०२४ यता निरन्तर दोस्रो स्थानमा रहँदै आएको छ। विशेषगरी “रोजगारी अवसरप्रतिको आकर्षण” र “रोजगर्ताहरूको सकारात्मक दृष्टिकोण”मा यसको मूल्याङ्कन उच्च देखिएको छ। सस्तो जीवनयापन र अध्ययन खर्चमा पनि टोकियोको स्थान उच्च रहेको अनुसन्धानकर्ता संस्थाले जनाएको छ।
जापानमा अध्ययनरत विदेशी विद्यार्थीहरूको संख्या सन् २०२४ को मे महिनासम्ममा झण्डै २१ प्रतिशतले वृद्धि भएको छ। तीमध्ये धेरैजसो विद्यार्थीहरू चीनबाट आएका छन् भन्ने तथ्य जापान स्टुडेन्ट सर्भिसेज अर्गनाइजेशनको एक अध्ययनले देखाएको छ। उता, क्योतो भने यसपटक १५औँ स्थानमा परेको छ।
क्युएस रैंकिङमा दक्षिण कोरियाको सउल पहिलोपटक पहिलो स्थानमा उक्लिएको छ, जसले लन्डनलाई पछाडि पारेको छ। शहरको प्रदूषण कम भएको र सुरक्षाको अनुभव सकारात्मक देखिएकोले सउलको र्याांकिङ सुध्रिएको बताइएको छ।
क्युएस लन्डनमा रहेको उच्च शिक्षासम्बन्धी विश्लेषक संस्था हो, जसले विश्वविद्यालयको गुणस्तर, विद्यार्थीमैत्री वातावरण, सुरक्षा, प्रदूषणको स्तर, रोजगारदाताको दृष्टिकोण,सस्तो जिवनयापन खर्च, र स्नातकपछि विद्यार्थीहरू सोही शहरमा बस्ने प्रवृत्तिलाई आधार मानेर रैंकिङ गर्छ।
लन्डन, जुन लगातार ६ संस्करणसम्म पहिलो स्थानमा थियो, यसपटक तेस्रो स्थानमा झरेको छ। क्युएसका अनुसार लन्डनको जीवनयापन खर्च बढ्दै गएकोले त्यसको लोकप्रियता घटेको हो। विशेष गरी येनमा भुक्तानी गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीका लागि बेलायतको शुल्क निकै महँगो पर्न गएको छ।
जापान तुलनात्मक रूपमा सस्तो गन्तव्य मानिन्छ। जापान एसोसिएसन अफ ओभरसिज स्टडीज (JAOS) को एक सर्वेअनुसार, जापानी विद्यार्थीहरू पनि अब अध्ययनका लागि एशिया तर्फ झुकिरहेका छन्, जसको प्रमुख कारण येनको अवमूल्यन र विदेशमा बढ्दो खर्च हो।
जापान एसोसिएसन अफ ओभरसिज स्टडीजको अप्रिल रिपोर्ट अनुसार, सन् २०२३ को शैक्षिक वर्षमा एशियाली मुलुकहरूमा अध्ययन गर्न जाने जापानी विद्यार्थीको संख्या सन् २०१९ को महामारीपूर्वको तुलनामा दोब्बरभन्दा बढी भएको छ, जबकि उत्तर अमेरिका, युरोप र ओसियानियामा जाने विद्यार्थीहरूको संख्या अझै २०१९ को स्तरभन्दा तल छ।
जापान एसोसिएसन अफ ओभरसिज स्टडीज का प्रतिनिधिले भने, “यसको प्रमुख कारणहरूमा येनको अवमूल्यन, विदेशमा बढ्दो जीवनयापन खर्च, जापानभित्रै विश्वविद्यालयहरूबाट एशियामा अध्ययन गर्न पठाउने कार्यक्रमहरूमा वृद्धि हुनु आदि रहेका छन्।”
दक्षिण कोरिया, मलेसिया र ताइवानजस्ता देशहरू जापानी विद्यार्थीहरूको रोजाइमा परेका छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




