टोकियो,जापान। जापानको प्रतिष्ठित क्योटो विश्वविद्यालयमा नेपाली युवा वैज्ञानिक डा. आशीष आचार्य सह–प्राध्यापक पदका लागि चयन भएका छन्। विश्वस्तरीय अनुसन्धानका लागि प्रसिद्ध मानिने यस विश्वविद्यालयमा स्थायी प्रकारको शैक्षिक पदमा नेपालका युवा अनुसन्धानकर्ताको चयन हुनु समग्र नेपाली समुदायको लागि गौरवपूर्ण उपलब्धि हो।
भरतपुर–१४, सुन्दरबस्ती स्थायी ठेगाना भएका डा आचार्यले त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित भूगर्भशास्त्र विभागबाट स्नातकोत्तर पूरा गरेका थिए। उनले सन् २०२० मा दोस्रो स्नातकोत्तर र पीएचडी अध्ययनका लागि जापान आएका थिए।सन २०२५ सेप्टेम्बरमा पीएचडी पूरा गरेसँगै उनी यी महत्वपूर्ण पदका लागि चयन हुन सफल भएका हुन्।
डा आचार्य विगत ५ वर्षदेखि जापानमा भूकम्प, भूस्खलन र भूमिगत जल–प्रवाह सम्बन्धी उच्चस्तरीय अनुसन्धानमा संलग्न छन्। विशेषगरी, उनले अप्टिकल फाइबरमा आधारित उन्नत प्रविधि प्रयोग गरेर भूस्खलन जोखिम मूल्यांकन, भूसतह विकृति अनुगमन तथा भू–जल प्रवाह पहिचानमा उल्लेखनीय योगदान दिएका छन्।
उनले पहाडी क्षेत्रमा हुने भू–विपद्, भूमिगत जल–चलनशीलता, तथा नवीन सेन्सिङ प्रविधिमाथि दीर्घकालीन अनुसन्धान अघि बढाउने योजना रहेको बताए। उनका धेरै अनुसन्धान लेख अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित भइसकेका छन्। नेपालका भूस्खलन–प्रभावित पहाडी क्षेत्रहरूमा हासिल गरिएको फिल्ड अनुभव र जापानको अत्याधुनिक अनुसन्धान संयोजन गर्दै उनले भविष्यमा नेपाल–जापान संयुक्त अनुसन्धान परियोजना सञ्चालन गर्ने लक्ष्य राखेका छन्।
डा. आचार्यको यो उपलब्धिले अन्तर्राष्ट्रिय स्तरमा नेपाली वैज्ञानिकहरूको क्षमता, दक्षता र योगदानलाई झनै मजबुत रूपमा विश्वमाझ प्रस्तुत गरेको छ। डा. आचार्यले प्रध्यापन गर्ने क्योटो विश्वविद्यालयले हालसम्म ११ वटा नोबेल पुरस्कार जितिसकेको छ, जुन जापानमै सबैभन्दा धेरै नोबेल पुरस्कार प्राप्त गर्ने विश्वविद्यालय हो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




