टोकियो,जापान।
एनआरएनए चिबा) ले आयोजना गर्न लागेको “NRNA CHIBA निबन्ध लेखन प्रतियोगिता–२०२६ (श्रृङ्खला–२)” को निबन्ध बुझाउने अन्तिम म्याद थप गरिएको छ।

यसअघि निबन्ध बुझाउने अन्तिम मिति २०२६ जनवरी ३१ सम्म तोकिएको भए पनि विभिन्न कारणले केही लेखकहरूले समयमै निबन्ध पेश गर्न नसकेको भन्दै थप समयको माग गरेपछि म्याद थप्ने निर्णय गरिएको एनआरएनए चिबाले जनाएको छ।

नयाँ निर्णय अनुसार अब निबन्ध बुझाउने अन्तिम मिति फेब्रुअरी ८ सम्म कायम गरिएको छ। प्रतियोगितामा निबन्ध तथा लेखनमा रुचि राख्ने लेखकहरूलाई थपिएको समयको सदुपयोग गर्दै आफ्नो सिर्जनात्मक क्षमता प्रस्तुत गर्न संस्थाले आग्रह गरेको छ।

यस प्रतियोगिताको मुख्य उद्देश्य लेखन कलामार्फत नेपाली भाषा र साहित्यको प्रवर्द्धन गर्नुका साथै जापानमा बसोबास गर्ने नेपाली समुदायलाई समसामयिक विषयवस्तुप्रति सचेत गराउनु रहेको जनाइएको छ। प्रतियोगितामा सहभागी हुन चाहने सबै लेखकहरूलाई तोकिएको समयभित्र आफ्ना निबन्ध पेश गर्न एनआरएनए चिबाले हार्दिक अनुरोध गरेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार