टोकियो,जापान। स्याङ्जा समाज जापानको आयोजनामा बिमा (होकेन),पेन्सन (नेन्किन),कर (जेइकिन),जापानी कानुन बारे जानकारी मुलक कार्यक्रम हुने भएको छ।
स्याङ्जा समाज जापानका अध्यक्ष वेद कार्कीका अनुसार जापानमा अत्यन्तै महत्वपूर्ण मानिने होकेन,नेन्किन,जेइकिन तथा जापानको कानुनबारे धेरै विदेशीहरुमा पर्याप्त जानकारी नहुने तथा जानकारी भएर पनि वेवास्था गर्ने प्रवृत्ति अधिक भएकाले सरकारले कडाई गर्ने प्रकृया अघि बढाईसकेको अवस्थामा जापानवासी नेपालीहरुलाई लक्षित गरि यस कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रम यहि जनवरी २५ तारिकको दिन साँझ ७ बजेबाट भर्चुअल माध्ययमबाट हुन लागेको संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मित्र सिग्देले जानकारी दिएका दिए।
विगत केहि वर्ष देखि स्याङ्जा समाज जापानले फरक र अति आवश्यक सामाजिक कार्यक्रमहरु गर्दै आएको समाजले यस पटक भने बिशेष गरि जापानमा आगन्तुक नेपालीहरुको आधारभूत तथा अति आवश्यक कुरालाइ मध्ये नगर गर्दै यस कार्यक्रमको आयोजना गरिएको संस्थाका महासचिव सागर मणि न्यौपानेले जानकरी दिएका छन् ।
कार्यक्रममा जापानमा स्वास्थ्य बिमा (केन्को होकेन)र पेन्सन (नेंन्किन ) भनेको के हो र किन आवश्यक छ भन्ने बिषयमा नागोयाको वडा कार्यालयको बिमा विभागमा कार्यरत नेपाली कर्मचारी तथा मनोज ढुंगानाले जानकारी दिने छन् भने जापानमा आईपर्ने कानुनी समस्या र त्यसको समाधानका बिषयमा अन्तर्राष्ट्रिय अधिवक्ता डा. बलराम श्रेष्ठले प्रस्ट्याउने छन् ।
जापानमा सामाजिक संस्थाको नाममा खोलिएका धेरै संस्थाहरु बि.बि.क्यु, खानपिन र रंगमंच जस्ता कार्यक्रमहरुमा बढी ब्यस्त रहने तर सुन्दा सामान्य लाग्ने, अति महत्वपूर्ण बिषयहरुमा ध्यान नजाने जापानमा नब आगन्तुक नेपालीहरु समस्यामा पर्ने गरेका छन्, त्यसैले यी यस्ता बिषयमा अभिमुखीकरण तथा अन्तरक्रिया जस्ता सन्देशमूलक कार्यक्रमहरु गर्नु पर्ने आवश्यक रहेको कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष सिग्देलले बताए ।
यो कार्यक्रमा जापानमा जुनसुकै पेशा तथा उमेरसमूहका नेपालीले बुझ्नैपर्ने कार्यक्रम भएकाले २५ तारिख साँझ ७ बजे जापानमा रहेका नेपाली मिडियाहरु नेपाल न्युज पोष्ट डटकम, जापान समचार डटकम, मातृसन्देश डटकम, राम्रो पोष्ट डटकम साथै स्याङ्जा समाज जापानको पेजबाट प्रत्यक्ष प्रसारण हुने गरिनेछ। जापानबासी आम नेपालीहरुले हेर्न नछुटाउनु हुन संयोजक सिग्देलले अनुरोध गरेका छन्।
जानकारी मुलक कार्यक्रममा वक्ताहरुसंगको सहजीकरण संचारकर्मी राजन गौतमले गर्नेछन् भने,संस्थाको औपचारिक कार्यक्रम महासचिव सागरमणी न्यौपानेले संचालन गर्नेछन् ।
साथै फेब्रवरी २२ तारिक ११:३० वजे देखी १५:३० वजे सम्म सामाजका सबै क्षेत्रहरुमा एकैसाथ रक्तदान कार्यक्रम गर्ने तय भईसकेकेले पाएक पर्ने ठाउँमा उपस्थित भई रक्तदान गरी पुण्य कमाउनु हुन आम नेपालीहरुलाई अध्यक्ष कार्कीले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




