टोकियो,जापान। जापान भ्रमणमा रहनुभएका साहित्यकार लाल गोपाल सवेदीले जापानस्थित नेपाली समुदायका बालबालिकाहरुलाई भाषा र साहित्यप्रति अभिरुचि जगाउने उद्देश्यले हिमालयन एकेडेमी र एभरेस्ट इन्टरनेशनल स्कूलमा विशेष कक्षा लिनुभएको छ।

हिमालयन एकेडमी तथा एभरेस्ट ईन्टरनेश्नल स्कुलमा सुवेदीले नेपाली भाषा, साहित्यको महत्व, सिर्जनात्मक लेखन तथा मातृभाषा संरक्षणका विषयमा विद्यार्थीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो।

सो अवसरमा उहाँले आफ्ना केही कविता वाचनसमेत गर्नुभएको थियो। कवितामार्फत मातृभूमिप्रतिको माया, भाषा–संस्कृतिको संरक्षण र नयाँ पुस्ताको जिम्मेवारीबारे सन्देश दिनुभएको सहभागीहरूले बताएका छन्।

विद्यालय प्रशासनले यस्तो कार्यक्रमले विदेशमा हुर्किरहेका नेपाली बालबालिकामा भाषा र साहित्यप्रतिको लगाव बढाउने विश्वास व्यक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार