टोकियो,जापान। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको आयोजनामा ८०औँ नियमित साहित्यिक श्रृंखला अन्तर्गत ‘लालगोपालसँग कविता साँझ’ कार्यक्रम यहि फेब्रुअरी २१ तारिख शनिबार टोकियोमा भव्य रूपमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष आनन्द अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ कवि तथा गीतकार लालगोपाल सुवेदीको गरिमामय उपस्थिति रहेको थियो।कार्यक्रमको प्रारम्भमा विशिष्ट अतिथिहरूलाई एकमुस्ट आसनग्रहण गराइएको थियो भने संस्थाका सचिव नारायण पोखरेलले स्वागत मन्तव्य राखेका थिए।
प्रमुख अतिथि सुवेदीले करिब एक दर्जन आफ्ना कवितामा स्वर दिँदै अनेसासको साहित्यिक यात्रा, उद्देश्य र भावी दिशाबारे प्रेरणादायी मन्तव्य राखे। आफ्नो सम्बोधनका क्रममा सुवेदीले भने-“अनेसास जापान च्याप्टर अनेसासकै मेरुदण्ड हो”।सुवेदीले प्रवासमा साहित्यिक अभियानलाई अझ सशक्त बनाउने आवश्यकता समेत औँल्याए । साथै, “अबको नेपाली साहित्यलाई नोबेल पुरस्कारको ढोकासम्म पुर्याउनु पर्छ, त्यसका लागि धेरै काम गर्नुपर्ने छ” भन्दै गुणात्मक सिर्जनामा जोड दिन आग्रह गरे।
सुवेदीका कविताहरू अनेसासका पूर्व अध्यक्ष तथा संरक्षक दिनेश राज ज्ञवाली, दीप पाठक, गिरिजा गैह्रे, रविन शर्मा तथा सल्लाहकार सविना रेग्मीले वाचन गरेका थिए। अनेसास केन्द्रका पूर्व अध्यक्ष प्रकाश पौडेल ‘माइला’ले स्रष्टाको परिचय प्रस्तुत गरेका थिए भने अनेसास जापानका संस्थापक अध्यक्ष डा. कुमार बस्नेतले शुभकामना मन्तव्य राखेका थिए।
यसै अवसरमा युको ओकामोतो, लक्ष्मी राई, मन्जु गिरी, प्रविण पोख्रेल, नविन कँडेल, पूजा अर्याल, हरिबिनोद अधिकारी तथा विष्णु सुवेदी ‘निशान’ लगायतका कविहरूले पनि आफ्ना कविता वाचन गरी साहित्यिक वातावरणलाई थप जीवन्त बनाएका थिए। साथै, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखाका अध्यक्ष समुन्द्रराज पौडेलको गीतले कार्यक्रमलाई थप सांगीतिक बनाएको थियो।
कार्यक्रममा केही समयअघि स्वर्गीय भएका गायक प्रशान्त तामाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै सुवेदीको शब्दमा रहेको ‘बिछोडको करौतीले’ बोलको गीत गिरिजा गैह्रेको नेतृत्वमा सामूहिक रूपमा प्रस्तुत गरिएको थियो, जसले वातावरणलाई भावुक र स्मरणीय बनाएको थियो।
कार्यक्रम संयोजक तथा संस्थाका कोषाध्यक्ष सरोज घिमिरेले कार्यक्रमबारे मन्तव्य प्रस्तुत गरेका थिए भने सचिव विनिशा सापकोटाले कार्यक्रम संचालन गरेकि थिइन् । जापानको व्यस्तताको बाबजुद करिब ७ दर्जन जति साहित्यानुरागीहरुको सहभागिताले कार्यक्रमलाई सफल, गरिमामय र ऐतिहासिक बनाएको आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




