टोकियो, जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आयोजनामा तथा अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज (अनेसास) जापानको सह–आयोजनामा जापानव्यापीरुपमा सञ्चालन भइरहेको सप्ताहव्यापी मोटिभेसनल कार्यक्रम अन्तर्गत नेपाली चलचित्रका महानायक राजेश हमाललाई टोकियोमा “उदात्त योगदान सम्मान २०२६” द्वारा सम्मानित गरिएको छ।
बुधबार टोकियोमा आयोजित कार्यक्रममा – कला, व्यक्तित्व विकास तथा सामाजिक चेतनामा उहाँले पुर्याउनुभएको दीर्घकालीन योगदानको उच्च कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।
एनआरएनए जापानको इतिहासमै पहिलोपटक ६ वटा विभिन्न क्षेत्रमा केन्द्रित भव्य कार्यक्रम आयोजना गरिएको जनाइएको छ। कार्यक्रममा बोल्दै महानायक हमालले सकारात्मक सोच, आत्मअनुशासन, निरन्तरता र स्वाभिमान नै सफल जीवनका आधार स्तम्भ भएको उल्लेख गरे। हमालले विदेशमा रहेका नेपाली युवाहरूलाई आफ्नो पहिचान, भाषा र संस्कृतिप्रति गर्व गर्न विशेष आग्रह समेत गरे।
कार्यक्रम अन्तर्गत आयोजित बहस सत्र विशेष आकर्षणको केन्द्र बनेको थियो। उक्त बहसमा महानायक राजेश हमाल तथा व्यक्तित्व विकास अभियन्ता यज्ञशको सहभागिता रहेको थियो भने सहजीकरण साहित्यकार तथा एनआरआरएनए जापानका प्रवक्ता रबिन शर्माले गरेका थिए।
कार्यक्रमका सभापति एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने रहेका थिए भने प्रमुख अतिथि जापानका लागि नेपाली राजदूतावासका कार्यवाहक राजदूत महामहिम हरिहर कान्त पौडेल रहेका थिए। कार्यक्रममा जापानस्थित विभिन्न संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी, व्यवसायी, विद्यार्थी तथा युवा वर्गको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य अनेसास केन्द्रीय पूर्व अध्यक्ष तथा एनआरएनए विज्ञ समितिका सदस्य प्रकाश पौडेल ‘माइला’ले राखेका थिए । यसैबीच, एभरेस्ट इन्टरनेशनल स्कूल र हिमालयन इन्टरनेशनल एकेडेमीका बाबु–नानीहरूले प्रस्तुत गरेको नृत्य तथा सांस्कृतिक कार्यक्रमले कार्यक्रमलाई थप ऊर्जामय बनाएको थियो।
आयोजकका अनुसार सप्ताहव्यापी मोटिभेसनल कार्यक्रमको श्रृंखला जापानका अन्य सहरहरूमा समेत निरन्तर सञ्चालन गरिनेछ। यस कार्यक्रमले जापानस्थित नेपाली समुदायमा सकारात्मक सोच, सांस्कृतिक एकता र प्रेरणादायी नेतृत्वको सन्देश प्रवाह गरेको विश्वास लिइएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




