टोकियो, जापान । जापानस्थित एभरेष्ट इन्टरनेशनल स्कुलले काठमाडौँ विश्वविद्यालयका उपकुलपति सहितको प्रतिनिधिमण्डलसँग विशेष अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। टोकियोको ओगिकुबोस्थित एभरेष्ट इन्टरनेशनल स्कुल (EISJ) क्याम्पसमा आज दिउँसो आयोजना गरिएको कार्यक्रममा नेपाल–जापान शैक्षिक सहकार्य, उच्च शिक्षाका अवसर तथा काठमाडौँ विश्वविद्यालयसँग सम्बन्धित शैक्षिक कार्यक्रमबारे प्रत्यक्ष जानकारी आदान–प्रदान गरिएको हो।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. अच्युत प्रसाद वाग्ले नेतृत्वको टोली सहभागी रहेको थियो। प्रतिनिधिमण्डलमा विश्वविद्यालयको व्यवस्थापन संकायका डीन प्रा. विजय के.सी. तथा निर्देशक प्रा. हरि प्रसाद न्यौपाने समेत सहभागी रहेको थियो। अन्तरक्रियामा विद्यालय व्यवस्थापन समितिका उपाध्याय ओम गुरुङ,विद्यालयका प्रिन्सीपल बिष्णु भट्ट एनआरएनए जापानका अध्यक्ष सुभास लामिछाने,सहकोषाध्यक्ष कामना भण्डारी,जापानमा प्रध्यापनमा संलग्न डा विकास लम्साल, संचारकर्मी मोहन घले,राजन गौतम, जनसम्पर्क समिति जापानका अध्यक्ष रोशन केसी लगायतका विद्यार्थी, अभिभावक तथा विद्यालयका संचालन समितिका सल्लाहकार  एवं संचारकर्मी तिलक मल्ल लगायतका शैक्षिक क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

विद्यालय प्रशासनले यस्तो अन्तरक्रियाले जापानमा अध्ययनरत तथा अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीहरूलाई उपयुक्त मार्गदर्शन मिल्ने विश्वास व्यक्त गरेको छ। साथै नेपालका विश्वविद्यालय र जापानस्थित शैक्षिक संस्थाबीच सहकार्य विस्तारका लागि कार्यक्रम उपलब्धिमूलक बनेको जनाइएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार