टोकियो,जापान। जापान सरकारले अन्तर्राष्ट्रिय स्तरमा बढ्दो प्रतिस्पर्धाबीच विश्वभरका प्रतिभाशाली विद्यार्थी आकर्षित गर्ने उद्देश्यले ३ विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना कोटा (सीमा) बढाउने निर्णय गरेको छ। शिक्षा मन्त्रालयले नयाँ “विशेष छुट प्रणाली” अन्तर्गत तोहोकु विश्वविद्यालय, चुकुबा विश्वविद्यालय र हिरोशिमा विश्वविद्यालयलाई तोकिएको भर्ना सीमाभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी लिन अनुमति दिएको हो।
शिक्षा मन्त्रालयका अनुसार सन् २०२६ अप्रिलबाट लागू हुने यस व्यवस्थाअन्तर्गत ती ३ विश्वविद्यालयका जम्मा ११ संकाय (फ्याकल्टी) ले विदेशी विद्यार्थी संख्या बढाउन पाउनेछन् ।
यो प्रणाली गत वर्ष सुरु गरिएको भए पनि विशेष छुट प्रदान गरिएको यो पहिलो पटक हो।मन्त्रालयका अनुसार प्रमाणित (सर्टिफाइड) संकायहरूले आफ्नो अधिकतम भर्ना सीमाभन्दा करिब ५ प्रतिशतसम्म विदेशी विद्यार्थी संख्या बढाउन सक्नेछन्। सामान्य अवस्थामा तोकिएको कोटा नाघे विश्वविद्यालयले प्रशासनिक दण्ड (पेनाल्टी) सामना गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय विद्यार्थी सक्रिय रूपमा भित्र्याउन कठिनाइ हुँदै आएको थियो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




