टोकियो । जापानको राजधानी टोकियोमा आइतबार नेपाली भाषा, साहित्य र कविताको सुगन्धले भरिएको साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। अनेसास जापान च्याप्टरले आयोजना गरेको ८३औँ नियमित साहित्य शृङ्खलामा हवाई च्याप्टरकी अध्यक्ष तथा कवि अमृता स्मृतिसँग विशेष अन्तर्क्रिया तथा खुला रचना वाचन कार्यक्रम सम्पन्न भएको हो।
टोकियोको सिनओकुबोस्थित रोयल गार्डेनको सभाहलमा आयोजित कार्यक्रम अनेसास जापानकी उपाध्यक्ष दीपा घिमिरेको अध्यक्षता तथा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा अनेसास जापानका संस्थापक अध्यक्ष डा. कुमार बस्नेत, बिओटी उपसभापति विष्णु प्रसाद घिमिरे तथा पूर्वअध्यक्षहरू दीप पाठक र अरुण पौडेल विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यसमिति सदस्य विश्वबन्धु भण्डारीको स्वागत मन्तव्यसंगै प्रारम्भ भएको कार्यक्रमको पहिलो सत्रमा कवि अमृता स्मृतिसँग विशेष अन्तर्क्रिया गरिएको थियो। कार्यक्रमको सहजीकरण अनेसास जापानका उपाध्यक्ष शरद पोखरेलले गर्नुभएको थियो। अन्तर्क्रियाका क्रममा कवि स्मृतिले आफ्ना करिब एक दर्जन कविता वाचन गर्दै समकालीन साहित्य, सिर्जनात्मक यात्रा र नेपाली भाषाको वर्तमान अवस्थाबारे धारणा राख्नुभएको थियो।
दोस्रो सत्रमा खुला रचना वाचन कार्यक्रम आयोजना गरिएको थियो। उक्त सत्रमा सहभागी साहित्यप्रेमी तथा स्रष्टाहरूले आफ्ना कविता, गजल तथा अन्य सिर्जना प्रस्तुत गरेका थिए। दीप पाठक, अरुण पौडेल, सुजन बैरागी, सुजता शर्मा, मीनराज बास्तोला, हेमन्त गिरी, सविना रेग्मी, लक्ष्मण भन्तना शिरीष,संगिता कुँवर,लक्ष्मी पौडेल,विश्वबन्धु भण्डारी,यमलाल कँडेल,मनिषा सुवेदी,हरि बिनोद अधिकारी लगायतले रचना वाचन गर्नुभएको थियो।
भगवती क्षेत्रीको संयोजकत्व तथा मनोज मौसम केसीको उद्घोषणमा सम्पन्न कार्यक्रममा टोकियो आसपासका साहित्यप्रेमीहरूको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




