टोकियो/जापान। ओसाका एक्स्पोमा प्रदर्शनीपछि विश्वभर चर्चामा आएको मानिस धुने ‘Human Washing Machine’ अब बजारमा आउने निश्चित भएको छ। जापानको प्रमुख इलेक्ट्रोनिक्स समूह यामादा होल्डिंग्सले टोकियोको इकेबुकरोस्थित आफ्नो मुख्य स्टोरमा उक्त मेसिन प्रदर्शन र अनुभवका लागि राखिने घोषणा गरेको छ।
कम्पनीका अनुसार डिसेम्बर २५ देखि मिराई ह्युमान वासिङ मेसिन ( Mirai Human Washing Machine)नाम दिइएको मेसिनको डेमो मोडेल सर्वसाधारणका लागि उपलब्ध गराइनेछ। मेसिन प्रत्यक्ष प्रयोग वा परीक्षण गर्न चाहनेका लागि स्टोरमा छुट्टै कर्नर पनि व्यवस्था गरिने बताइएको छ।
यद्यपि, उत्पादन बिक्री सुरु हुने मिति भने अझै टुंगो भएको छैन। कम्पनीले यसको अनुमानित मूल्य ६० मिलियन येन रहने संकेत गरेको छ, जसले यसलाई जापानको भविष्यवादी, उच्च श्रेणीको मेडिकल–लक्जरी उपकरणको सूचीमा राख्ने छ।
यो प्रविधि ओसाका–आधारित कम्पनीले विकास गरेको हो, जसले अल्ट्रा–फाइन बबल टेक्नोलोजीमा आधारित उपकरण उत्पादन गर्छ। करिब २.३ मिटर लामो क्याप्सुलमा व्यक्ति सुतेपछि मेसिनले माइक्रोबबलबाट शरीर सफा गर्ने, फाइन मिस्ट शावरले धुने र अन्त्यमा स्वचालित रूपमा शरीर सुकाउने प्रक्रिया पूरा गर्छ।
सम्पूर्ण स्नान, सफाइ र ड्राइ प्रक्रिया करिब १५ मिनेटमै सम्पन्न हुन्छ, जसले यो उपकरणलाई स्वास्थ्य सेवा, केयर होम, प्रिमियम स्पा र भविष्यका ‘स्मार्ट बाथिङ सिस्टम’ को रूपमै हेरिएको छ। मेसिनमा जडान गरिएको एडभान्स सेन्सर सिस्टमले प्रयोगकर्ताको शरीर तापक्रम, स्वास्थ्य अवस्था र प्रतिक्रियाहरू निरन्तर मोनिटर गर्छ।
यस उपकरणमा स्नानको क्रममा प्रयोगकर्ताले रिल्याक्सेशन म्युजिक, भिजुअल लाइट इफेक्ट र आरामदायी चिकित्सकीय स्पा अनुभव पनि पाउन सक्छन्, जसले यसलाई केवल स्नान उपकरण नभई ‘पूर्ण थेराप्युटिक सिस्टम’ को रूपमा विकास गरिएको देखाउँछ।
गत अक्टोबरमा सम्पन्न ओसाका एक्स्पो-२५ यो मेसिन अत्यधिक चर्चामा आएको थियो। त्यतिबेला स्नान अनुभवका लागि ४० हजारभन्दा धेरै आवेदन परेका थिए, जसले यसको लोकप्रियता र भविष्यमा यसको बजार विस्तार हुने संकेत दिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




