टोकियो,जापान। जापानको बक्सिङ खेलकुद क्षेत्रमा सर्वाधिक प्रतिष्ठित मानिने ९५औँ अल जापान बक्सिङ च्याम्पियनसिपमा नेपाली चेली जेनिका रायमाझीलाई ऐतिहासिक सफलता मिलेको छ।
उक्त प्रतियोगिता गत नोभेम्बर २५ देखि ३० तारिखसम्म टोकियोको सुमिदा वार्डस्थित हिगासिन एरिनामा सम्पन्न भएको थियो। जापानभरका उत्कृष्ट खेलाडीहरूको सहभागितामा सम्पन्न यो प्रतियोगितामा नेपालकी प्रतिभाशाली युवा खेलाडी जेनिका रायमाझीले आफ्नो तौलसमूह लाइट–मिडलमा शानदार प्रदर्शन गर्दै उपाधि जित्न सफल भएकी हुन् ।
१७ वर्षीया जेनिका रायमाझी हाल जापानको नागोयामा बसोबास गर्दै अध्ययनरत छन्। उनी कास्की पोखरा समाज जापानकी पूर्व कार्यसमिति सदस्य नीरु भण्डारीकी तथा चुडा रायमाझीकी छोरी हुन्। जेनिकाको स्थायी ठेगाना सुनवल–४, नवलपरासी हो।
विद्यालयद्वारा जारी आधिकारिक प्रतिवेदनअनुसार, जेनिकाले प्रतियोगिताको हरेक चरणमा उत्कृष्ट खेल कौशल प्रस्तुत गर्दै फाइनलमा प्रतिस्पर्धीलाई पराजित गर्दै उपाधि हात पारिन्। यससँगै उनी जापानमा अध्ययनरत नेपाली समुदायका बीच प्रेरणादायी युवा खेलाडीका रूपमा स्थापित हुँदै गएकी छन्।
विद्यालयले जेनिकाको उत्कृष्ट उपलब्धिले आफूहरू गौरवान्वित भएको उल्लेख गर्दै, खेलाडीलाई साथ र समर्थन गर्ने सम्पूर्ण अभिभावक तथा समुदायप्रति आभार व्यक्त गरेको छ।
जेनिका रायमाझीले यसअघि सन २०२४ र २०२५ का अन्य राष्ट्रिय प्रतियोगितामा समेत निरन्तर सफलतापूर्वक उत्कृष्ट स्थान हासिल गरेकी थिइन् । उनको अनुशासन, लगनशीलता र समर्पणले आगामी दिनमा अन्तर्राष्ट्रिय मैदानमा पनि नेपालको नाम चम्किने विश्वास जगाएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




