आसियान शिखर सम्मेलनमा प्रधानमन्त्री ताकाइचीको पहिलो कूटनीतिक उपस्थिति

आसियान शिखर सम्मेलनमा प्रधानमन्त्री ताकाइचीको पहिलो कूटनीतिक उपस्थिति,समुद्री सुरक्षा र कृत्रिम बुद्धिमत्ता सहकार्यमा जापानको प्रतिबद्धता क्वालालम्पुर। जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले आइतवार मलेसियाको क्वालालम्पुरमा सम्पन्न एसियाली राष्ट्रहरूको संगठन (आसिआन-ASEAN) शिखर सम्मेलनमा सहभागी हुँदै आफ्नो पहिलो प्रत्यक्ष कूटनीतिक सहभागिता जनाउनुभयो। उहाँले समुद्री सुरक्षा, कृत्रिम बुद्धिमत्ता(एआई-AI) र साइबर सुरक्षामा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। गत मंगलबार मात्र पदभार ग्रहण गर्नुभएकी ताकाइचीले आसियान सदस्य...

१५ पटक पारालिम्पिकमा स्वर्ण पदक जितेकी पौडीबाज मायुमी नारिताको ५५ वर्षको उमेरमा निधन

टोकियो/जापान। पन्ध्र पटक पारालिम्पिक स्विमिङमा स्वर्ण जितेकी जापानी पौडीबाज मायुमी नरिता को ५५ वर्षको उमेरमा निधन भएको छ। उनलाई “क्विन अफ वाटर” उपनामले चिनिन्थ्यो। उनको निधन शुक्रबार इन्ट्राहेपाटिक बाइल डक्ट क्यान्सरका कारण भएको हो। कानागावा प्रिफेक्चरकी मूल निवासी नरिता ह्वीलचेयरमा जीवन बिताइरहेकी थिइन्। उनी जूनियर हाईस्कुलदेखि नै शरीरको तल्लो भाग पक्षघात भएपछि ह्वीलचेयरमा निर्भर थिइन्। त्यसपछि उनले २३ वर्षको उमेरमा...

जापानमा नेपाली बालबालिकाहरूका लागि फुटबल प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न

टोकियो/जापान। नेपाल जापान फुटबल संघ (NJFA) जापानको आयोजनामा आज पहिलोपटक नेपाली बालबालिकाहरूका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम वाराबीस्थित निशिकिचो स्पोर्ट्स हिरोबामा सफलता पूर्वक सम्पन्न भएको छ। कार्यक्रममा ४३ जना नेपाली बालबालिकाहरूले उत्साहपूर्वक भाग लिएका थिए। प्रशिक्षण बिहान ९:०० देखि ११:०० बजेसम्म सञ्चालन भएको थियो। कार्यक्रमको प्रमुख आकर्षणका रूपमा पूर्व नेपाली राष्ट्रिय खेलाडी तथा नेपाल जापान फुलबल संघका पूर्व अध्यक्ष बसन्त...

राजकुमार अधिकारीद्वारा जापानबाट एनआरएनए आईसीसी सदस्यमा उम्मेदवारी

टोकियो/जापान । एकता, सशक्तिकरण, सहयोग र विकासको प्रतिबद्धता बोकेर लामो समयदेखि एनआरएनए अभियानमा सक्रिय एनआरएनए अभियानकर्ता तथा व्यवसायी राजकुमार अधिकारीले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए जापानमा लामो समयदेखि सक्रिय रहँदै आएका अधिकारी एनआरए जापानको पूर्व उपाध्यक्ष समेत हुन् । अधिकारी संस्थागत सुदृढीकरण, नेपाली समुदायबीच एकता तथा नेपाली हितमा थप...

जापानमा लैंगिक अन्तर अझै उच्च, विेस्वका १४८ देशहरूमध्ये ११८औं स्थानमा

टोकियो/जापान। विश्व आर्थिक मञ्च (WEF) को सन २०२५ को ग्लोबल जेंडर ग्याप(लैंगिक अन्तर )प्रतिवेदनअनुसार जापान १४८ देशहरूमध्ये ११८औं स्थानमा परेको छ, अघिल्लो वर्षकै स्थानमा कायम रहँदै जि ७ (G7) का देशहरूमध्ये सबैभन्दा तल देखिएको छ। स्विस थिङ्क ट्यांकले बिहीबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले शिक्षा, स्वास्थ्य, राजनीतिक सशक्तिकरण र आर्थिक सहभागिता यी चार श्रेणीहरूमा आधारित भएर लैंगिक समानताको मूल्याङ्कन गर्छ। महिलाहरू...

जापानी भाषामा समस्या हुनेहरुलाई खुशीको खबर,एप्पलद्वारा एआईमार्फत म्यासेज तथा भ्वाईस कल तत्काल अनुवाद हुने सुविधा, यो शरद ऋतुदेखि लागू हुने

टोकियो/जापान। अमेरिकी सूचना प्रविधि कम्पनी एप्पलले आफैले विकास गरेको “एप्पल इण्टेलिजेन्स” नामक नयाँ पुस्ताको जेनेरेटिभ कृत्रिम बुद्धिमत्ता (एआई) प्रणाली सार्वजनिक गरेको छ। कम्पनीले घोषणा गरेअनुसार, यही शरद ऋतुबाट यस एआई प्रणालीलाई प्रयोग गरी आइफोन तथा ट्याब्लेटजस्ता उपकरणहरूमा म्यासेज र भ्वाइस कललाई तत्काल विभिन्न भाषामा अनुवाद गर्न सकिने सुविधा सुरु हुनेछ। यस नयाँ सुविधा अन्तर्गत, सन्देश (message) अनुवाद जापानी भाषामा पनि...

नेपाली बक्सर ‘हिमालयन चितुवा’ले राखे जापानमा,नयाँ कीर्तिमान

ओसाका, जापान। नेपाली युवा बक्सर अविरल घिमिरेले जापानको ओसाका सहरमा आइतबार सम्पन्न विश्वप्रसिद्ध ‘के वन क्रस १७५’को उपाधि चुम्दै नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । ‘हिमालयन चितुवा’को नामले विश्वभर परिचित बक्सर घिमिरेले पहिलोपटक तीनवटा अन्तर्राष्ट्रिय ‘किक बक्सिङ टाइटल’ हात पार्दै अदम्य साहस तथा असाधारण उपलब्धि हासिल गरेका हुन् । किक बक्सिङ खेल क्षेत्रमा एकपछि अर्को ऐतिहासिक कीर्तिमान बनाउन सफल...

जापान चौथो ठूलो विकास सहायता दाता राष्ट्र बन्यो, बेलायतले पुनः तेस्रो स्थानमा

टोकियो/जापान। आर्थिक सहयोग तथा विकास संगठन (ओईसिडी) का प्रारम्भिक तथ्यांकअनुसार जापान सन् २०२४ मा चौथो ठूलो औपचारिक विकास सहायता दिने राष्ट्र बनेको छ। बेलायतले तेस्रो स्थान पुनः प्राप्त गरेसँगै जापानले अघिल्लो वर्षको स्थान गुमाएको हो। ओईसिडीको विकास सहायता समितिका ३२ सदस्य राष्ट्रहरूमध्ये संयुक्त राज्य अमेरिका सन् २०२४ मा सबैभन्दा ठूलो दाता रह्यो। अमेरिकाले ६३ अर्ब ३० करोड अमेरिकी डलर सहायता...

जापानमा रामेछापका निक्सन श्रेष्ठको प्रो बक्सिङ खेलमा शानदार जित

टोकियो/जापान। जापानको टोकियोस्थित कोगानेइ सहरमा बसोवास गर्दै आएका नेपालका १८ वर्षीय प्रो बक्सिङ खेलाडी निक्सन श्रेष्ठले २०२५ को ८२ औं पूर्वी जापान रुकी किंग बक्सिङ प्रतियोगितामा शानदार जित हासिल गरेका छन्। ५५ केजी तौल समूहको सुपर ब्यान्टम वेट वर्गमा प्रतिस्पर्धा गरेका श्रेष्ठले आफ्नो प्रतिद्वन्दीलाई ४ चरणका लागि तय गरिएको खेलको पहिलो चरणमै पराजित गर्दै, केवल २ मिनेटमै नकआउट (Knockout) गराए।...

जापानको परम्परागत खेल सुमो के हो ? कहिलेबाट सुरु भयो ? अनि आर्थिक सम्भावना के छ ?

टोकियो/जापान। सुमो जापानको परम्परागत र सांस्कृतिक रूपमा गहिरो जरो गाडेको खेल हो, जसमा दुई पहलवान (रिकीशी) एकअर्कालाई चक्राकार अखडा (दोह्यो) बाहिर धकेल्ने वा कुनै अंग भूमिमा टेक्न बाध्य पार्न प्रतिस्पर्धा गर्छन्। यो खेल जापानको शिन्तो धर्मसँग गहिरो रूपमा सम्बन्धित छ। खेलको सुरुवात शिन्तो धर्मसँगै देवताहरूको सम्मानका लागि धार्मिक अनुष्ठानको रूपमा भएको मानिन्छ। पहिलो पटक लेखिएका प्रमाणअनुसार सुमो आठौं शताब्दीमा कुनै...