टोकियो/जापान। विश्व आर्थिक मञ्च (WEF) को सन २०२५ को ग्लोबल जेंडर ग्याप(लैंगिक अन्तर )प्रतिवेदनअनुसार जापान १४८ देशहरूमध्ये ११८औं स्थानमा परेको छ, अघिल्लो वर्षकै स्थानमा कायम रहँदै जि ७ (G7) का देशहरूमध्ये सबैभन्दा तल देखिएको छ।
स्विस थिङ्क ट्यांकले बिहीबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले शिक्षा, स्वास्थ्य, राजनीतिक सशक्तिकरण र आर्थिक सहभागिता यी चार श्रेणीहरूमा आधारित भएर लैंगिक समानताको मूल्याङ्कन गर्छ। महिलाहरू र पुरुषहरूबीच पूर्ण समानता भएमा १०० प्रतिशत स्कोर हुने मानिन्छ।
जापानको समग्र स्कोर ६६.६ प्रतिशत थियो, जुन अघिल्लो वर्षको ६६.३ प्रतिशतबाट अलि माथि हो, तर अझै पनि ६८.८ प्रतिशतको विश्व औसतभन्दा तल नै रहेको छ।
जापानले सबैभन्दा बढी प्रगति आर्थिक सहभागितामा गरेको छ, जहाँ यसको स्कोर सम २०२४ को ५६.८ प्रतिशतबाट बढेर ६१.३ प्रतिशत पुगेको छ। विश्व आर्थिक मञ्चले यो श्रेणीभित्र पाँच क्षेत्रहरूमा मूल्याङ्कन गरेको थियो, जसमा श्रम बजारमा महिलाको सहभागिता ५४.८ प्रतिशतबाट बढेर ५५.६ प्रतिशत पुगेकोले स्कोर बढेको हो।
सांसद, वरिष्ठ अधिकारी तथा व्यवस्थापकजस्ता नेतृत्व भूमिकामा महिलाको हिस्सा १४.६ प्रतिशतबाट १६.१ प्रतिशत पुगेको छ, र अनुमानित आम्दानीमा पनि लैंगिक समानता सुधारिएको छ । ५८.३ प्रतिशतबाट बढेर ५९.२ प्रतिशत पुगेको छ। यद्यपि, यो श्रेणीमा पनि जापानको समग्र स्थान ११२औं मात्र हो।
शिक्षा प्राप्ति र स्वास्थ्य स्कोरहरू भने करिब समानतामा रहेका छन् क्रमशः ९९ प्रतिशत र ९७ प्रतिशत, र श्रेणीगत स्थान ६६औं र ५०औंमा रहेका छन्।
राजनीतिक सशक्तिकरण भने जापानको सबैभन्दा कमजोर क्षेत्र हो। यो क्षेत्रमा देशको स्कोर अघिल्लो वर्षको ११.८ प्रतिशतबाट घटेर ८.५ प्रतिशतमा झरेको छ, जसले सरकारको उच्च तहमा महिलाको सहभागिता घटेको देखाउँछ।
प्रधानमन्त्री शिगेरु इशिबाको क्याबिनेटमा केवल दुई जना महिला मन्त्री छन् । अघिल्लो प्रधानमन्त्री फुमियो किशिदाको पाँच जना महिला मन्त्रीको तुलनामा कम रहेको छ। यद्यपि गत अक्टोबरको तल्लो सदन निर्वाचनमा अहिलेसम्मकै सबैभन्दा धेरै महिला सांसदहरू निर्वाचित भए पनि उनीहरूको संख्या अझै पनि केवल १५.७ प्रतिशत मात्रै छ।
“जापानको लैंगिक समानताका लागि गरिएको प्रयास अझै अन्य देशहरूको तुलनामा पछाडि छ, र हामीले यो परिणामलाई गम्भीर रूपमा र विनम्रतापूर्वक लिनु आवश्यक छ,” मुख्य क्याबिनेट सचिव योशिमासा हायाशीले बिहीबारको पत्रकार सम्मेलनमा भने।
यो सूचीमा आइसल्यान्डले लगातार १६औं वर्ष शीर्ष स्थान कायम राखेको छ, जसको स्कोर ९२.६ प्रतिशत थियो। फिनल्यान्ड र नर्वेले त्यसपछि क्रमशः ८७.९ प्रतिशत र ८६.३ प्रतिशत प्राप्त गरेका छन्। पाकिस्तान ५६.७ प्रतिशत स्कोरसहित अन्तिम स्थानमा छ। अमेरिका ७५.६ प्रतिशत स्कोरसहित ४२औं स्थानमा छ, भने दक्षिण कोरिया (१०१औं, ६८.७%) र चीन (१०३औं, ६८.६%) दुबै जापानभन्दा अगाडि छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




