नेपाली कोरियन मैत्रीपुरण फुटसल प्रतियोगिता तथा छुसक कार्यक्रम सम्पन्न
काठमाडौ। हानुल टुर एण्ड ट्राभलको दोश्रो बार्षिकोत्सवको उपलक्ष्यमा कोरिया गई फर्किनुभएका कोरिया रिटर्नी साथीहरू र नेपालमै बसोबास गर्नुहुने कोरियनहरूको बीचमा आउदै गरेको कोरियन महान चाड(पर्व) छुसकको अवसरमा काठमाडौं तार्केश्वर स्थित “PRARAMVA WORLD SCHOOL & COLLAGE” मा मैत्रीपूर्ण फुट्सल प्रतियोगिता,सुमधुर भेटघाट कार्यक्रम, लक्कि-ड्र मार्फत् उपहार प्रदान सँगसँगै कोरियन-नेपाली विभिन्न परिकारको खाना सहित एकआपसमा शुभकामना आदानप्रदानको कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममा...
विश्वभर परिचित जापानी बेसबल खेलाडी ओतानीद्वारा अवैध सट्टेबाजीमा आफ्नो कुनै संलग्नता नरहेको दावी
टोकियो/जापान। जापानका विश्व प्रसिद्ध बेसबल खेलाडी शोहेई ओतानीले सोमबार लस एन्जलसमा एक पत्रकार सम्मेलन गर्दै, आफुले कुनैपनि गेममा कहिल्यै अवैध सट्टेबाजी नगरेको तथा उनका पूर्व भाषा अनुवादक मिजुहाराको गेममा शर्त लगाएको ठूलो रकमको ऋण तिर्न आफुले जानीजानि कुनै रकम नदिएको बताएका छन् ।अहिले ओतानी,उनका पूर्व अनुवादक इप्पेई मिजुहाराको गेममा बेटीङ गरि करोडौँ डलर ऋणमा डुबेरो र त्यसमा उनको पनि...
गाेल मेसिन सावित्राले फ्रान्सको शीर्ष डिभिजन लिग खेल्ने
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी ‘साम्बा’ ले फ्रान्सको शीर्ष डिभिजन फुटबल खेल्ने भएकी छन्। युरोपको प्रतिष्ठित शीर्ष पाँच लिगमा पर्ने फ्रान्सको शीर्ष डिभिजन क्लबमा अनुबन्धन भएसँगै उनी ऐतिहासिक उपलब्धि प्राप्त गर्ने नेपाली महिला खेलाडी बनेकी छन्। उनलाई फ्रेन्च क्लब अन आभान्ट ग्वेंगाम्पसँग डेढ वर्षको सम्झौता गरेको छ । केही समयअघि उनी इजरायली क्लब हापोएल रानानाबाट...
आजबाट एनआरएनए महाधिवेशन,दिउँसो २ः३० बजे राष्ट्रपतिद्वारा उद्घाटन गरिने
जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १९ औँ महाधिवेशन आजबाट काठमाडौँमा सुरु हुँदैछ। ११ औँ महाधिवेशनको होटल सोल्टी, ताहाचलमा आज दिउँसो २ः३० बजे उदघाटन हुँदैछ। सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने कात्तिक ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट समापन हुने संघले जनाएको छ। एनआरएनएले ११ औं महाधिवेशनलाई २० औं स्थापना दिवसको अवसरका रूपमा समेत मनाउँदैछ। सरकार, निजी...
करातेकी एरिकालाई एसियाडमा ऐतिहासिक रजत पदक
काठमाडौं । नेपाली कराते खेलाडी एरिका गुरुङले १९ औं एसियाली खेलकुदमा शनिबार ऐतिहासिक रजत पदक जितेकी छन् । हाङझावस्थित लिन्पिङ स्पोर्ट्स सेन्टर जिम्न्याजियममा एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा नेपालका लागि ऐतिहासिक रजत दिलाएकी हुन् । फाइनलमा एरिका काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० अंकले पराजित भइन् । यसअघि एरिकाले सेमिफाइनलमा हङकङकी यान काई होलाई ८–४ अंकले हराउँदै स्वर्ण भिडन्त पक्का गरेकी थिइन्...
सानदार प्रदर्शनका बावजुत नेपाल भारतसँग पराजित
काठमाडौ. । एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको क्वाटरफाइनलमा नेपालले सानदार ब्याटिङ प्रदर्शन गरेपनि भारतसँग २३ रनले पराजित भएको छ। यससँगै नेपाल एसियाडबाट बाहिरिएको छ । जितको लागि २ सय ३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रनमात्र बनाउन सक्यो । नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रनको योगदान दिएपनि हार टार्न सकेन ।...
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा म्यानमारसँग नेपालको हार
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत सोमबार घरेलु टोली म्यानमारसँग १–० ले पराजित भएको छ । म्यानमारको यांगोनस्थित थुवुना रंगशालामा नेपाल खेलको अन्त्यतिर गोल खाँदै पराजित हुन पुगेको हो । विन नाइन तुनले काउन्टर अट्याकमा निर्णायक गोल गरे । यसअघि पहिलो खेल गोलरहित बराबरीमा टुंगिएको थियो । पहिलो हाफमा नेपालले पाएको अवसर सदुपयोग गर्न नसक्दा...
आजबाट भारतको नयाँ दिल्लीमा जि-२० शिखर सम्मेलन, प्रधानमन्त्री किशिदा लगायका राष्ट्रप्रमुखहरु सहभागी हुँदै
टोकियो/जापान। भारतमा आज (९ तारिखबाट )प्रमुख २० राष्ट्रहरुको समूह “जी–२०” शिखर सम्मेलन सुरु हुँदैछ । युक्रेनमाथि आक्रमणका कारण,हरेक देशहरुको उत्पादन र वितरणमा असन्तुलन बढ्दै जाँदा देखिएको खाद्य संकट, जलवायु परिवर्तन र ऋणको समस्या जस्ता विभिन्न विश्वव्यापी मुद्दाहरूमा एकीकृत ऐक्यवद्धता जनाउँदै वर्तमान समस्याहरु छुटकारा पाउने उपायहरुबारे छलफल हुनेछ। जि -२० शिखर सम्मेलन भारतको राजधानी नयाँ दिल्लीमा आज,९ तारिखदेखि दुई दिनसम्म राष्ट्रप्रमुख तथा...
जापान फिफा महिला विश्वकपको क्वाटरफाइनलबाट बाहिरियाे
अकल्यान्ड । उपाधि दावेदार जापान फिफा महिला विश्वकप फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ । जापान अर्काे उपाधि दावेदार स्वीडेनसँग २–१ ले पराजित हुँदै अन्तिम आठबाट बाहिरिएको हो । स्वीडेनको जितमा एमान्डा र फिलिपा आंगेलदलले गोल गरिन् । जापानकी होनोका हायासीले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेन । न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलको ३२औं मिनेटमा एमान्डाले गोल गर्दै...
जापान फिफा महिला विश्वकपको क्वाटरफाइनलमा
एजेन्सी । एसियाली राष्ट्र जापान अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकप फुटबल २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । युरोपेली राष्ट्र नर्वेलाई ३–१ को गोल अन्तरले पराजित गर्दै जापानले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । जापानको जितमा रिसा सिमिजु र हिनाता मियाजावाले गोल गर्दा एक गोल उपहार पाएको थियो । नर्वेकी गुरो रेइटेनले एक गोल फर्काइन् । न्युजिल्यान्डको...

