टोकियो फिल्म फेस्टिवलमा कलकार तथा फिल्मकर्मीहरु

टोकियो, जापान । टोकियो अन्तर्राष्ट्रिय फिल्म महोत्सवको ३८औँ संस्करण सोमबार टोकियोको हिबियामा भव्य रूपमा सुरु भएको छ। उद्घाटन समारोहअघि टोकियो ताकाराजुका थियटरमा आयोजना गरिएको रेड कार्पेटमा विश्वभरका नाम चलेका कलाकार र फिल्म निर्माताहरूले सहभागिता जनाएका थिए।

समारोहमा करिब २०० भन्दा बढी फिल्मकर्मी र कलाकारहरूलाई हजारौँ प्रशंसकले उत्साहका साथ स्वागत गरे। यस वर्षको महोत्सवले एशियाली स्टोरी टेलिङ र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रमुख विषय बनाएको छ।

अक्टोबर १८ देखि सुरु भएको टिकट बिक्रीमा दर्शकहरूको उत्साह उल्लेखनीय देखिएको छ। अस्कर विजेता ब्रेनडन फ्रेजर अभिनीत निर्देशक हिकारीको ‘रेन्टल फ्यामिली’, केन्द्रबिन्दु फिल्म ‘टोकियो ट्याक्सी’, र समापन फिल्म ‘ह्यामनेट’ जस्ता चर्चित शीर्षकहरू पहिले नै पूर्ण रूपमा बिक्री भइसकेका छन्।

आयोजक समितिले भनेको छ “यदि तपाईंले अझै टिकट बुक गर्नुभएको छैन भने अब ढिलाइ नगर्नुहोस्, यो वर्षको टोकियो फिल्म फेस्टिभलले तपाईंलाई अर्को अविस्मरणीय सिनेमाटिक अनुभव प्रदान गर्नेछ।”


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार