धादिङ समाज जापानको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

टोकियो । धादिङ समाज जापानको छैटौँ वार्षिक साधारण सभा तथा बालबालिका विशेष सांस्कृतिक कार्यक्रम आइतबार टोकियोको सिनओकुबोस्थित नेवा डाइनिङको सभाहलमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष विमल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय धादिङ समाजका महासचिव बाबुकाजी भण्डारी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा संस्थाका सल्लाहकारहरू कृष्णप्रसाद खनाल, राजन गौतम, दिनेश लोहनी, दिनेश अधिकारी, लोकेन्द्र भण्डारीलगायतका व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो। कार्यक्रममा कार्यसमिति पदाधिकारी,...

जापानमा विदेशी विद्यार्थीको संख्या पहिलोपटक ४ लाख नाघ्यो, नेपाली विद्यार्थी १ लाखभन्दा बढी

टोकियो,जापान। जापानमा अध्ययनरत विदेशी विद्यार्थीको संख्या हालसम्मकै उच्च विन्दुमा पुगेको छ। जापान स्टुडेन्ट सर्भिसेज अर्गनाइजेसनको तथ्यांकअनुसार सन् २०२५ मे महिनासम्म जापानमा विदेशी विद्यार्थीको संख्या ४ लाख ८ हजार ६९ पुगेको छ। यो संख्या जापान सरकारले सन् २०३३ सम्म हासिल गर्ने लक्ष्य राखेको ४ लाख विदेशी विद्यार्थीको लक्ष्यभन्दा पहिल्यै पूरा भएको हो। कोरोना महामारीका बेला विदेशी विद्यार्थीको संख्या ठूलो रूपमा घटे...

“प्रथम जापान लोक तारा २०२६” तथा अमर बिरही गुरुङको विशेष सांगीतिक साँझको तयारी तीव्र, निर्णायक मण्डल सार्वजनिक

टोकियो । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जापान शाखाले आयोजना गर्न लागेको “प्रथम जापान लोक तारा २०२६” तथा वरिष्ठ लोक तथा दोहोरी गायक अमर बिरही गुरुङको विशेष सांगीतिक साँझको तयारी तीव्र पारिएको छ। संस्थाले आवेदन प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको घोषणा गर्दै प्रतियोगिताका लागि निर्णायक मण्डल समेत सार्वजनिक गरेको हो। प्रतिष्ठानका अनुसार प्रतियोगितामा उल्लेख्य सहभागिता जनाउँदै आवेदन दिने सम्पूर्ण...

स्याङ्जा समाज जापानले मे १७ मा चिबामा बीबीक्यू कार्यक्रम आयोजना गर्ने

टोकियो । स्याङ्जा समाज जापानले आपसी सद्भाव, भाइचारा र समुदायबीचको सहकार्यलाई अझ मजबुत बनाउने उद्देश्यसहित समर बीबीक्यू पार्टी आयोजना गर्ने भएको छ। “स्याङ्जा समाज जापान राहत कोष सहयोगार्थ” भन्ने उद्देश्यका साथ आयोजना हुन लागेको कार्यक्रम मे १७ तारिख आइतबार चिबा प्रिफेक्चरको इचिकावा सिटीस्थित साकुराचुचुमी पार्कमा हुने आयोजकले जनाएको छ। कार्यक्रम बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा बीबीक्यूसहित संगीत,...

ओसाकाको होटलमा युवतीको हत्या आरोपमा २९ वर्षीय युवक पक्राउ

जापान । जापानको ओसाकामा एक युवतीको हत्या गरेको आरोपमा प्रहरीले २९ वर्षीय एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिए प्रिफेक्चरको योक्काइची सिटी निवासी युया मोरी रहेका छन्। प्रहरीका अनुसार शनिबार बिहान ओसाकाको चुओ वार्डस्थित नाम्बा क्षेत्रको एक होटल कोठामा २० वर्षको सुरुवाती उमेरकी युवती मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि प्रहरीले मोरीलाई डकैती तथा हत्या अभियोगमा पक्राउ गरेको हो। स्थानीय...

 ‘रिङ’का लेखक कोजी सुजुकीको निधन

काठमाडौं । जापानी डरावना साहित्यका चर्चित लेखक कोजी सुजुकीको शुक्रबार टोकियोस्थित एक अस्पतालमा निधन भएको छ । उनकाे ६८ वर्षकाे उमेरमा निधन भएकाे हाे । सुजुकीले सन् १९९० मा ‘राकुएन’ (प्याराडाइज) नामक उपन्यासमार्फत साहित्यिक यात्रा सुरु गरेका थिए । उक्त कृतिले जापान फ्यान्टासी उपन्यास पुरस्कारअन्तर्गत उत्कृष्ट पुरस्कार प्राप्त गरेको थियो। उनले सन् १९९१ मा प्रकाशित गरेको चर्चित उपन्यास रिङले उनलाई विश्वभर...

“प्रथम जापान लोक तारा २०२६”सँगै अम्बर बिरही गुरुङको विशेष सांगीतिक साँझ

टोकियो,जापान। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जापान शाखाले “प्रथम जापान लोक तारा २०२६” संगै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ लोक तथा दोहोरी गायक एवं सर्जक अम्बर बिरही गुरुङको विशेष सांगीतिक साँझ आयोजना गर्ने भएको छ। नेपाली लोक संस्कृतिको संरक्षण, श्रष्टाको सम्मान तथा नयाँ प्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको शाखाका अध्यक्ष...

जापानको फुकुसिमा माइक्रोबस दुर्घटनामा १७ वर्षीय विद्यार्थीको मृत्यु, २० जना घाइते

जापान । जापानको फुकुसिमा प्रान्तअन्तर्गत कोरियामा सहरमा रहेको बन-एत्सु एक्सप्रेसवेमा भएको माइक्रोबस दुर्घटनामा १७ वर्षीय एक उच्च माध्यमिक विद्यालयका विद्यार्थीको मृत्यु भएको छ। उक्त दुर्घटना बुधबार बिहान करिब ७:४० बजे बान्डाइआतामी इन्टरचेन्ज नजिक एक्सप्रेसवेको इनबाउन्ड लेनमा भएको हो। दुर्घटनामा निइगाता सहरका १७ वर्षीय हिरोतो इनागाकीको मृत्यु भएको जापानी प्रहरीलाई उद्धृत गर्दै जनाइएको छ। उनी माइक्रोबसमा सवार यात्रुहरूमध्ये एक थिए। प्रारम्भिक...

अमेरिकी अर्थमन्त्री बेस्सेन्ट आगामी सोमबार जापान भ्रमणमा जाने, विनिमय दर र आर्थिक सुरक्षाबारे छलफल हुने

काठमाडौं । अमेरिकी अर्थमन्त्री स्कट बेस्सेन्ट आगामी सोमबार (मे १३) सम्म जापान भ्रमणमा जाने भएका छन् । जापानी अधिकारीहरूसँग विदेशी विनिमय दर र आर्थिक सुरक्षासम्बन्धी विषयमा छलफल गर्न उनी जापान जान लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । भ्रमणका क्रममा उनले जापानकी प्रधानमन्त्री सानाए ताकाइची, अर्थमन्त्री सात्सुकी कतायामा तथा  बैंक अफ जापानका गभर्नर काजुओ उएदासँग भेटवार्ता गर्ने सम्भावना रहेको बताइएको छ...

होर्मुज सङ्कटबिच जापान–यूएई सहमति, कच्चा तेल भण्डारण विस्तार गर्ने प्रतिबद्धता

जापान । जापानले संयुक्त अरब इमिरेट्स (यूएई) सँग आफ्नो भूमिमा यूएई कम्पनीहरूले राख्ने संयुक्त कच्चा तेल भण्डार विस्तार गर्ने सहमति प्राप्त गरेको छ। जापानका अर्थ, व्यापार तथा उद्योग मन्त्री र्योसेई अकाजावाले यसबारे जानकारी दिएका हुन्। अकाजावाले अबुधाबीमा यूएईका समकक्षी तथा जापानका विशेष दूत समेत रहेका सुल्तान अल जाबेरसँग भएको भेटमा यस्तो प्रस्ताव राखेका थिए। सो भेटमा दुवै पक्षले मध्यपूर्वको बिग्रँदो...