टोकियो,जापान। जापानमा अध्ययनरत विदेशी विद्यार्थीको संख्या हालसम्मकै उच्च विन्दुमा पुगेको छ। जापान स्टुडेन्ट सर्भिसेज अर्गनाइजेसनको तथ्यांकअनुसार सन् २०२५ मे महिनासम्म जापानमा विदेशी विद्यार्थीको संख्या ४ लाख ८ हजार ६९ पुगेको छ।
यो संख्या जापान सरकारले सन् २०३३ सम्म हासिल गर्ने लक्ष्य राखेको ४ लाख विदेशी विद्यार्थीको लक्ष्यभन्दा पहिल्यै पूरा भएको हो। कोरोना महामारीका बेला विदेशी विद्यार्थीको संख्या ठूलो रूपमा घटे पनि पछिल्ला ३ वर्षमा तीव्र वृद्धि भएको देखिएको छ।
सन् २०१९ मा जापानमा करिब ३ लाख १० हजार विदेशी विद्यार्थी थिए। तर कोरोना महामारीको प्रभावका कारण सन् २०२२ मा यो संख्या करिब २ लाख ३० हजारमा झरेको थियो। त्यसपछि भने विदेशी विद्यार्थीको संख्या लगातार बढ्दै गएको हो।
देश तथा क्षेत्रअनुसार हेर्दा, सबैभन्दा धेरै चिनियाँ विद्यार्थी रहेका छन्। चिनियाँ विद्यार्थीको संख्या १ लाख ३१ हजार ९७ रहेको छ, जुन कुल संख्याको करिब ३० प्रतिशत हो। त्यसपछि नेपाली विद्यार्थी १ लाख २३९ जना रहेका छन्। भियतनामी विद्यार्थीको संख्या ४३ हजार ३६६ रहेको छ।
श्रीलंका लगायत दक्षिण तथा पश्चिम एसियाली देशहरूबाट आउने विद्यार्थीको संख्या पनि उल्लेखनीय रूपमा बढेको तथ्यांकमा देखिएको छ।
शैक्षिक संस्थाअनुसार १ लाख ५६ हजार ५९३ विद्यार्थी विश्वविद्यालय, स्नातकोत्तर तह वा जुनियर कलेजमा अध्ययनरत छन्। १ लाख ४० हजार १७४ विद्यार्थी जापानी भाषा विद्यालयमा रहेका छन् भने १ लाख ६ हजार ८२९ विद्यार्थी व्यावसायिक विद्यालयमा अध्ययनरत छन्।
यसैबीच, जापानबाट विदेशमा अध्ययन गर्न जाने जापानी विद्यार्थीको संख्या पनि केही बढेको छ। आर्थिक वर्ष २०२४ मा विदेशमा अध्ययनरत जापानी विद्यार्थीको संख्या अघिल्लो वर्षको तुलनामा २.१ प्रतिशतले बढेर ९१ हजार ५४ पुगेको छ। तर यो संख्या सन् २०१८ को उच्च विन्दु १ लाख १५ हजार १४६ को करिब ८० प्रतिशत मात्र हो।
येन कमजोर हुनु र विदेशमा महँगी बढ्नुजस्ता कारणले जापानी विद्यार्थीलाई विदेश अध्ययनमा आर्थिक दबाब परेको मानिएको छ।
जापान सरकारले सन् २०२३ मा विदेश जाने जापानी विद्यार्थीको संख्या ५ लाख पुर्याउने र जापानमा आउने विदेशी विद्यार्थीको संख्या ४ लाख पुर्याउने लक्ष्य सार्वजनिक गरेको थियो। तर विदेशी विद्यार्थीसम्बन्धी लक्ष्य भने निर्धारित समयभन्दा धेरै अघि नै पूरा भएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




