टोकियो। गल्कोट समाज जापान टोकियो क्षेत्रीय समितिले नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा आगामी सेप्टेम्बर १० तारिख टोकियोमा “तीज धमाका–२०२६” आयोजना गर्ने भएको छ।

विदेशी भूमिमा नेपाली भाषा, कला, संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। कार्यक्रमबाट बचत हुने रकम शिक्षा क्षेत्रमा सहयोग गर्ने उद्देश्य रहेको बताईएको छ।

संस्थाले टोकियो तथा आसपासका नेपाली संघ–संस्थाहरूलाई सोही मितिमा कार्यक्रम नजुधाइदिन अनुरोध गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई साथ दिन आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार