टोकियो । धादिङ समाज जापानको छैटौँ वार्षिक साधारण सभा तथा बालबालिका विशेष सांस्कृतिक कार्यक्रम आइतबार टोकियोको सिनओकुबोस्थित नेवा डाइनिङको सभाहलमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष विमल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय धादिङ समाजका महासचिव बाबुकाजी भण्डारी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा संस्थाका सल्लाहकारहरू कृष्णप्रसाद खनाल, राजन गौतम, दिनेश लोहनी, दिनेश अधिकारी, लोकेन्द्र भण्डारीलगायतका व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो। कार्यक्रममा कार्यसमिति पदाधिकारी, सदस्य, आजीवन सदस्य तथा क्षेत्रीय समिति कान्साईको समेत उपस्थिति रहेको थियो।
कार्यक्रम संस्थाका महासचिव सुशान्त बानियाँले सञ्चालन गर्नुभएको थियो भने संस्थाका वरिष्ठ उपाध्यक्ष विजय सडौलाले स्वागत मन्तव्य राख्नुभएको थियो। संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष रामबाबु दनाईले प्रस्तुत गर्नुभएको थियो भने वार्षिक प्रतिवेदन संस्थाका सचिव सरोज गिरीले प्रस्तुत गर्नुभएको थियो।
त्यसैगरि,क्षेत्रीय समिति कान्साईका सचिव हरिशरण अर्यालले कान्साईको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने उपसंयोजक सन्तोष धिताल,कोषाध्यक्ष राम कुमार धितात पनि सहभागी हुनुभएको थियो।
सभामा संस्थाद्वारा स्थापना गरिएको आपत्कालीन राहत कोष सञ्चालन, संस्थागत गतिविधि तथा आवश्यक बुँदाहरूमा विधान संशोधनसम्बन्धी विषयमा छलफल गरिएको थियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा जापानमा हुर्किरहेका दोस्रो पुस्ताका बालबालिकाहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। बालबालिकाको प्रस्तुतिले कार्यक्रममा सहभागीहरूलाई उत्साहित बनाएको थियो।
साधारण सभाले जापानमा रहेका धादिङवासीहरूबीच आपसी एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




