Lटोकियो/जापान। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जापान शाखाद्वारा आयोजित ‘प्रथम जापान लोक तारा २०२६’ अन्तर्गत उत्कृष्ट दश अर्थात् लाइभ राउन्डमा प्रतिस्पर्धा गरेका प्रतियोगीमध्येबाट फाइनल चरणका लागि उत्कृष्ट पाँच प्रतिभा छनोट भएका छन्।
प्रतिष्ठानले सार्वजनिक गरेको नतिजाअनुसार फाइनल चरणमा प्रवेश गर्ने प्रतियोगीहरूमा तनुजा शाही, किरण प्रभात, केशव शर्मा, पार्वती आचार्य र आरती परियार रहेका छन्। उत्कृष्ट दश प्रतिस्पर्धीमध्ये निर्णायकहरूको मूल्याङ्कनका आधारमा उनीहरू फाइनल चरणका लागि छनोट भएका हुन्।
प्रतियोगिताका निर्णायक संयोजक रामकृष्ण बम मल्ल तथा निर्णायकहरू सूर्य खड्का र ज्योति लोहनीले सुर–ताल, भाका, मौलिकता, भाव, प्रस्तुति, शब्द उच्चारण, भेषभूषा र अनुशासनका आधारमा मूल्याङ्कन गरी उत्कृष्ट पाँच प्रतिभा छनोट गरिएको जानकारी दिएका छन्।
प्रतियोगिताको फाइनल चरण आगामी जुन १४, २०२६ आइतबार टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा आयोजना हुने भएको छ। उक्त अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ लोक तथा दोहोरी गायक–सर्जक अम्बर बिरही गुरुङको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।
“हाम्रो अभियान, लोकसंस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन” भन्ने मूल नारासहित आयोजना गरिएको प्रतियोगिताको विजेता फाइनल चरणबाट घोषणा गरिनेछ। प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ हजार येन, द्वितीय हुनेलाई ५१ हजार येन, तृतीय हुनेलाई ३१ हजार येन तथा सान्त्वना पुरस्कारस्वरूप ११ हजार येन प्रदान गरिनेछ।
प्रतिष्ठान जापान शाखाका अध्यक्ष समुद्रराज पौडेलले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण कलाकार, दर्शक, सहयोगी संस्था तथा नेपाली समुदायप्रति आभार व्यक्त गर्दै फाइनल कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सफल बनाउन आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




