जापानी अटो निर्माता निसान मोटर कर्पोरेसनले युरोपमा १० प्रतिशत कर्मचारी कटौती गर्ने तयारी
जापान । जापानी अटो निर्मातानिसान मोटर कर्पोरेसनले आफ्नो पुनर्संरचना योजनाअन्तर्गत युरोपमा करिब १० प्रतिशत कर्मचारी कटौती गर्ने तयारी गरेको छ। यो विषय फाइनान्सियल टाइम्सले मंगलबार आफ्नो अनलाइन संस्करणमा सार्वजनिक गरेको हो। हाल युरोपमा निसानका करिब ९ हजार ३ सय कर्मचारी कार्यरत छन्। उक्त प्रतिवेदनअनुसार कम्पनीले बेलायत, स्पेनलगायतका देशहरूमा मुख्यतः प्रशासनिक (क्लेरिकल) क्षेत्रमा करिब ९ सय कर्मचारी कटौती गर्ने योजना बनाएको...
हिउँको भारले जापानको आओमोरीमा ११२ वर्ष पुरानो ऐतिहासिक सैनिक ब्यारेक ढल्यो
जापान । जापानको आओमोरी प्रिफेक्चरस्थित अजिगासावा क्षेत्रमा पूर्व शाही जापानी सेनाले प्रयोग गरेको ऐतिहासिक ब्यारेकमध्ये एक यस वर्षको जाडोयामको अत्यधिक हिउँको भारका कारण ढलेको छ। दोस्रो विश्वयुद्धपछि आवास र विद्यालयका रूपमा समेत प्रयोग गरिएको उक्त संरचना स्थानीय इतिहासको महत्वपूर्ण प्रतीकका रूपमा चिनिन्थ्यो। ढलेको संरचना ‘ब्यारेक नं. ९’ हो, जुन पूर्व शाही जापानी सेनाको यामादानो अभ्यास क्षेत्रका १२ वटा ब्यारेकमध्ये बाँकी...
जापानको नागानोमा एकै परिवारका तीन मृत फेला, हत्या–आत्महत्याको आशंका
काठमाडाैँ । जापानको नागानो प्रान्तमा एकै घरभित्र तीन जनाको शव फेला परेको छ। प्रहरीका अनुसार मंगलबार बिहान नागानो प्रान्तको अची गाउँस्थित एक घरमा ४० वर्षीया महिला, एक किशोर र एक किशोरी मृत अवस्थामा भेटिएका हुन्। नागानो प्रिफेक्चरल प्रहरीले दिएको जानकारीअनुसार सोही घरमा बस्ने एक किशोरले बिहान करिब ३ बजे प्रहरी चौकीमा पुगेर आफ्नी आमाले आफूलाई कुटपिट गरेको जानकारी दिएका थिए। त्यसपछि...
जापानमा बालबालिकाको सङ्ख्या ४५ औँ वर्षदेखि निरन्तर घट्दै, जनसङ्ख्याको १०.८ प्रतिशतमा सीमित
जापान । जापानमा बालबालिकाको सङ्ख्या निरन्तर घट्दै गएको देखिएको छ। सरकारी तथ्याङ्कअनुसार देशमा १५ वर्षभन्दा कम उमेरका बालबालिकाको सङ्ख्या १ करोड ३२ लाख ९० हजार पुगेको छ जुन अघिल्लो वर्षको तुलनामा करिब ३ लाख ५० हजारले कम हो। यो गिरावट लगातार ४५ औँ वर्षसम्म जारी रहेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। यो तथ्याङ्क अप्रिल १ को आधारमा सङ्कलन गरिएको हो...
जापान–अस्ट्रेलियाबिच ऊर्जा सुरक्षा, रक्षा र महत्त्वपूर्ण खनिज क्षेत्रमा रणनीतिक सहकार्य विस्तार
टोकियो,जापान। विश्वव्यापी ऊर्जा आपूर्ति अस्थिर बन्दै गइरहेका बेला जापान र अस्ट्रेलियाले ऊर्जा सुरक्षा, रक्षा र महत्त्वपूर्ण खनिज क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने सहमति गरेका छन् । इरानसँग सम्बन्धित द्वन्द्वका कारण आपूर्ति शृङ्खलामा देखिएको दबाबबीच दुवै देशले रणनीतिक साझेदारी मजबुत बनाउने निर्णय गरेका हुन् । जापानी प्रधानमन्त्री साने ताकाइचीले पदभार सम्हालेपछि पहिलो औपचारिक विदेश भ्रमणका क्रममा सोमबार अस्ट्रेलियाको संसद् भवनमा आफ्ना...
विश्वव्यापी तेल आपूर्ति सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ‘अत्यन्त ठूलो प्रभाव’ पार्यो: प्रधानमन्त्री ताकाइची
काठमाडाैँ । जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले सोमबार विश्वव्यापी तेल आपूर्ति सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ‘अत्यन्त ठूलो प्रभाव’ पारेको बताएकी छन्। अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग क्यानबेरामा भएको भेटवार्तापछि उनले दुवै देशले ऊर्जा आपूर्तिलाई सुरक्षित र स्थिर बनाउन आपसी सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेकी हुन् । उनका अनुसार विश्वको करिब एक–पाँच भाग तेल सामान्य अवस्थामा होर्मुज जलडमरूमध्य हुँदै आपूर्ति हुने गर्छ...
मे ३१ मा धादिङ समाज जापानको वार्षिक साधारणसभा तथा बालबालिका विशेष सांस्कृतिक कार्यक्रम हुने
टोकियो, जापान। धादिङ समाज जापानले आफ्नो छैटौँ वार्षिक साधारणसभा तथा बालबालिका विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम सन् २०२६ मे ३१ तारिख आइतबार बिहान ११ बजेदेखि टोकियोको ओकुबोस्थित नेवा डाइनिङ ओकुबोमा हुने जनाइएको छ। समाजका महासचिव सुशान्त बानियाँका अनुसार साधारणसभामा संस्थाको वार्षिक गतिविधि, आर्थिक तथा सांगठनिक विषय, आगामी योजना र जापानमा रहेका धादिङवासीबीचको आपसी सहकार्यका विषयमा छलफल हुनेछ।...
नेपाल तामाङ समाज जापान कान्साई क्षेत्रीय समितिको तेस्रो अधिवेशन सम्पन्न, राज थिङ तामाङ पुनः अध्यक्षमा निर्वाचित
ओसाका, जापान। नेपाल तामाङ समाज जापान, कान्साई क्षेत्रीय समितिको तेस्रो अधिवेशनबाट २०२६–२०२८ कार्यकालका लागि अध्यक्ष पदमा राज थिङ तामाङ सर्वसम्मत रूपमा पुनः निर्वाचित भएका छन्। नेपाल तामाङ समाज जापानको केन्द्रिय वरिष्ठ उपाध्यक्ष गिरबहादुर धिसिङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्दै उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायत विभिन्न पदहरूमा पदाधिकारी तथा सदस्यहरू चयन गरेको छ। नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई बधाई दिँदै...
दोलखा समाज जापानद्वारा अक्षयकोष सहयोगार्थ बीबीक्यू कार्यक्रम आयोजना गर्ने
टोकियो, जापान । दोलखा समाज जापानले प्रत्येक वर्षझैं यस वर्ष पनि बीबीक्यू बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ। यस वर्षको कार्यक्रम भने अक्षयकोष सहयोगार्थ विशेष रूपमा आयोजना गरिन लागिएको अध्यक्ष संजिव पोखरेलले जानकारी दिएका छन। कार्यक्रम आगामी ३१ मे २०२६ आइतबार टोकीयोको तोकाई पोर्ट पार्कमा सञ्चालन हुने तय भएको छ। विगतका वर्षहरूको तुलनामा यस वर्षको बीबीक्यू कार्यक्रम अझ विशेष र...
जापानको फुकुओकामा १३औँ नेपाल फेस्टिवल २०२६ आयोजना हुँदै
फुकुओका, जापान। जापानको फुकुओका शहरमा १३औँ संस्करणको ‘नेपाल फेस्टिवल फुकुओका २०२६’ आयोजना हुने भएको छ। नेपाली कला, संस्कृति, परम्परा तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो फेस्टिवल यहि अप्रिल १८ र १९, २०२६ मा फुकुओकाको तेन्जिन सेन्ट्रल पार्कमा आयोजना गरिनेछ। फुकुओका नेपाल फेस्टिवल कार्यकारी समिति २०२६ द्वारा आयोजित यस कार्यक्रमले जापानमा रहेका नेपाली समुदाय र जापानी नागरिकहरूबीच सांस्कृतिक आदान-प्रदानलाई बढावा दिने...

