टोकियो । स्याङ्जा समाज जापानले आपसी सद्भाव, भाइचारा र समुदायबीचको सहकार्यलाई अझ मजबुत बनाउने उद्देश्यसहित समर बीबीक्यू पार्टी आयोजना गर्ने भएको छ।
“स्याङ्जा समाज जापान राहत कोष सहयोगार्थ” भन्ने उद्देश्यका साथ आयोजना हुन लागेको कार्यक्रम मे १७ तारिख आइतबार चिबा प्रिफेक्चरको इचिकावा सिटीस्थित साकुराचुचुमी पार्कमा हुने आयोजकले जनाएको छ। कार्यक्रम बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा बीबीक्यूसहित संगीत, खाना, पेयपदार्थ तथा समुदायबीच भेटघाटको व्यवस्था रहने बताइएको छ। आयोजकका अनुसार, जापानमा रहेका नेपालीहरूबीच आपसी सम्बन्ध विस्तार गर्दै सुख–दुःखमा सहयोग गर्ने उद्देश्यले राहत कोषलाई बलियो बनाउन कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमस्थल इचिकावा स्टेशनको दक्षिण निकासबाट करिब ५ मिनेटको दूरीमा रहेको जनाइएको छ। सहभागीहरूका लागि प्रवेश शुल्क पुरुषतर्फ ४ हजार येन र महिलातर्फ ३ हजार येन तोकिएको छ।
कार्यक्रमसम्बन्धी थप जानकारीका लागि दीपक न्यौपाने, सन्तोष हमाल, सागर न्यौपाने, वेद कार्की तथा मणि भट्टराईसँग सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ। कार्यक्रम संयोजकका रूपमा दीपक न्यौपाने रहनुभएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




