टोकियो,जापान। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जापान शाखाले “प्रथम जापान लोक तारा २०२६” संगै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ लोक तथा दोहोरी गायक एवं सर्जक अम्बर बिरही गुरुङको विशेष सांगीतिक साँझ आयोजना गर्ने भएको छ। नेपाली लोक संस्कृतिको संरक्षण, श्रष्टाको सम्मान तथा नयाँ प्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको शाखाका अध्यक्ष समुद्रराज पौडेलले जानकारी दिनुभयो।
नेपाली लोक तथा दोहोरी संगीत क्षेत्रमा अम्बर बिरही गुरुङलाई एक स्थापित र सम्मानित सर्जकका रूपमा चिनिन्छ। दशकौँदेखि लोकगीतमार्फत नेपाली समाज, गाउँघर, माया–प्रेम, पीडा र मौलिक संस्कृतिलाई संगीतमा उतार्दै आउनुभएका गुरुङका धेरै गीत दर्शक तथा स्रोतामाझ लोकप्रिय छन्। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको स्थापना तथा नेपाली लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा उहाँले पुर्याउनुभएको योगदानलाई विशेष रूपमा स्मरण गरिन्छ। उहाँको गायनशैली, मौलिक शब्द सिर्जना तथा नेपाली लोकभाकाप्रतिको समर्पणले उहाँलाई नेपाली संगीत क्षेत्रको विशिष्ट व्यक्तित्वका रूपमा स्थापित गराएको छ। जापानमा आयोजना हुन लागेको उक्त विशेष सांगीतिक साँझले जापानमा रहेका नेपाली दर्शकलाई उहाँका चर्चित सिर्जनासँग प्रत्यक्ष रमाउने अवसर प्रदान गर्ने विश्वास आयोजकले लिएको छ।
कार्यक्रम आगामी १४ जुन २०२६ आइतबार दिउँसो १२ बजेदेखि टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा सञ्चालन हुनेछ। अध्यक्ष पौडेलका अनुसार प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगी कम्तीमा १२ वर्ष उमेर पूरा गरेको हुनुपर्नेछ भने एकल गायन मात्र मान्य हुनेछ। प्रतियोगितामा लोकगीत मात्र गाउन पाइने, एक सहभागीले एक गीत मात्र प्रस्तुत गर्न पाउने तथा गीतको समय सीमा ३ देखि ५ मिनेटभित्र हुनुपर्ने नियम तय गरिएको छ।
उहाँले भिडियो रेकर्डिङसम्बन्धी नियमबारे जानकारी दिँदै भिडियो तेर्सो (ल्याण्डस्केप) मा खिचिएको, सम्पादन नगरिएको तथा लिपसिङ नगरिएको हुनुपर्ने बताउनुभयो। साथै हालसालै रेकर्ड गरिएको भिडियो मात्र मान्य हुने र ब्याकग्राउण्ड म्युजिक तथा लाइभ बाजा प्रयोग गर्न नपाइने उल्लेख गर्नुभयो।
दर्ताका लागि भिडियो संस्थाको आधिकारिक जिमेल वा फेसबुकमार्फत पठाउनुपर्नेछ भने दर्ता शुल्क १ हजार १ सय जापानी येन निर्धारण गरिएको अध्यक्ष पौडेलले बताउनुभयो। अनलाइन आवेदनको अन्तिम मिति २०२६ मे २० रहेको छ।
प्रतियोगिताको मूल्याङ्कन स्वर, ताल–सुर, प्रस्तुति शैली, शब्द उच्चारण, शुद्धता तथा टाइमिङका आधारमा गरिने जनाइएको छ। प्रारम्भिक छनोटपछि सेमिफाइनल सार्वजनिक गरिने र अन्तिम फिजिकल अडिसन टोकियोमा लाइभ बाजासहित सम्पन्न हुनेछ।
प्रतियोगिताका विजेतालाई प्रथम पुरस्कार १ लाख १ हजार येन, द्वितीयलाई ५१ हजार येन, तृतीयलाई ३१ हजार येन तथा सान्त्वना पुरस्कारस्वरूप ११ हजार येन प्रदान गरिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो।

जापानमा रहेर नेपाली लोक संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले नयाँ प्रतिभा खोज्नुका साथै नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको उहाँको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




