धादिङ समाज जापानद्वारा टोकियोमा नवआगन्तुक विद्यार्थीका लागि ‘हेल्प डेस्क’ सञ्चालन
टोकियो,जापान। जापानमा अध्ययनका लागि आउने नवआगन्तुक नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै धादिङ समाज जापानले ‘हेल्प डेस्क’ सेवा सञ्चालनमा ल्याएको छ। यो सेवा विशेषगरी अप्रिल र मे महिनाभरि उपलब्ध हुने जनाइएको छ। समाजका अनुसार टोकियोको सुगिनामी–कु मोमोई ३–१० क्षेत्रमा सञ्चालन हुने उक्त हेल्प डेस्कमार्फत नयाँ विद्यार्थीहरूलाई बसोबास, कागजी प्रक्रिया, दैनिक जीवन व्यवस्थापन तथा आवश्यक परामर्शसम्बन्धी सहयोग प्रदान गरिनेछ। जापान आइपुग्ने प्रारम्भिक चरणमा...
दोस्रो मोना ईताबासी नेपाल फेस्टिवल सम्पन्न, जापानी तथा नेपाली दर्शकको भव्य आकर्षण
टोकियो, जापान। यही अप्रिल ११ र १२ तारिखमा टोकियोमा आयोजना गरिएको दोस्रो मोना ईताबासी नेपाल फेस्टिवल २०२६ भव्यताका साथ सम्पन्न भएको छ। दुई दिनसम्म चलेको यस फेस्टिवलले जापानी तथा नेपाली समुदायबीच सांस्कृतिक आदानप्रदानलाई अझ सुदृढ बनाएको आयोजकहरूले जनाएका छन्। फेस्टिवलमा दाइतो विश्वविद्यालय, ईताबासी क्याम्पसको विशेष प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो। साथै, नेपाली राजदूतावास जापान र ताकाशिमादाइरा प्रहरीका जानकारीमूलक स्टलहरूले दर्शकलाई...
दोस्रो मोना ईताबासी नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा, १५ हजार दर्शकको सहभागिता रहने अपेक्षा
टोकियो,जापान। अप्रिल ११ र १२ तारिख टोकियोमा आयोजना हुने दोस्रो मोना ईताबासी नेपाल फेस्टिवल २०२६ को तयारी अन्तिम चरणमा पुगेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले आयोजना गरेको उक्त फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको आईतबार आयोजित पत्रकार सम्मेलनमा जनाएको हो। दोस्रो म्याग्दी मोना ईताबासी नेपाल फेस्टिवलको संयोजक ज्ञानेन्द्र कार्कीका अनुसार- फेस्टिवलका लागि दाइतो विश्वविद्यालय, ईताबासी क्याम्पसको विशेष प्रस्तुति रहनेछ...
जापानमा एडीएचडी औषधि ‘कोन्सर्टा’ अभाव: बढ्दो सचेतना र मागका कारण संकट
टोकियो,जापान। जापानमा एडीएचडी (ध्यान अभाव तथा अतिसक्रियता विकार) उपचारमा प्रयोग हुने प्रमुख औषधि ‘कोन्सर्टा’ को अभाव भएपछि नयाँ बिरामीलाई औषधि सिफारिस गर्न चिकित्सकहरू बाध्य भएर रोक लगाइरहेका छन्। यसले धेरै बिरामी उपचारबाट वञ्चित भइरहेका छन्। विशेषज्ञहरूका अनुसार यो समस्या मुख्यतः माग र आपूर्तिबीचको असन्तुलनका कारण उत्पन्न भएको हो। ‘कोन्सर्टा’ (मिथाइलफेनिडेट हाइड्रोक्लोराइड) मस्तिष्कमा डोपामिन सक्रियता बढाएर ध्यान केन्द्रित गर्न र आवेग...
टोकियोमा दोस्रो चैत्राष्टमी मेला २०२६ सम्पन्न,जापानबासी नेपाली समुदायको उत्साहजनक सहभागिता
टोकियो, जापान। जापानमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गरिएको दोस्रो चैत्राष्टमी मेला (चैते दशैं)–२०२६ सफलतापूर्वक सम्पन्न भएको छ। बागलुङ समाज जापानको मूल आयोजनामा टोकियोमा दुई दिनसम्म सञ्चालन भएको मेलाले धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपमा विशेष महत्व बोकेको कार्यक्रमको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ। बागलुङ जिल्लाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानलाई जापानमा प्रवर्द्धन गर्दै परदेशमा रहेका नेपाली समुदायलाई एकताबद्ध...
रोल्पा समाज जापानको चौथो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन
टोकियो, जापान। जापानमा रहेका रोल्पालीहरूको साझा संस्था रोल्पा समाज जापानको चौथो अधिवेशन आज टोकियोस्थित सिनओकुबोमा सम्पन्न भएको छ। अधिवेशनले सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। सिनओकुबोस्थित बारकाडे गुडटाईम्स रेष्टुरेन्टमा बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन भएको अधिवेशनमा जापानभर रहेका रोल्पाली अग्रज, विद्यार्थी, दाजुभाइ–दिदीबहिनी तथा समाजका सल्लाहकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अधिवेशनबाट गुरुप्रसाद राना मगरको अध्यक्षतामा...
जापानमा यस वर्षपनि ठूला कम्पनीद्वारा उल्लेख्य तलब वृद्धि
टोकियो। जापानका ठूला कम्पनीहरूले वसन्तकालीन श्रम व्यवस्थापन वार्ता (शुन्तो) अन्तर्गत यस वर्ष उल्लेख्य तलब वृद्धि प्रस्ताव गरेका छन्। विशेषगरी टोयोटा मोटर कर्पोरेशन लगायतका प्रमुख कम्पनीहरूले श्रमिक संघको माग पूर्ण रूपमा स्वीकार गरेका छन्, यद्यपि कच्चा तेलको मूल्यवृद्धिका कारण लागत बढ्ने अपेक्षा गरिएको छ। टोयोटाले लगातार छैटौं वर्ष पनि आफ्ना कर्मचारीहरूको तलब वृद्धि र बोनस माग पूर्ण रूपमा स्वीकृत गर्दै अधिकतम...
जापानमा काफुन्स्यो ( परागकण एलर्जी) प्रकोप : यस वर्ष सामान्यभन्दा बढी, सावधानीका उपायहरू अप्नाउनु जरुरी
टोकियो, जापान। जापानभरि अहिले सुगी फूलको परागकण तीव्र गतिमा फैलिरहेको छ, जसले परागकण एलर्जीका बिरामीहरूलाई थप चुनौती दिएको छ। निजी मौसम कम्पनी वेदरन्युजका अनुसार, यस वर्ष पूर्वी जापान र होक्काइडो बाहेक उत्तरी जापानका केही क्षेत्रमा परागकणको मात्रा सामान्य वर्षभन्दा बढी भएको छ। परागकणको फैलावट र चरम समय वेदरन्युजको पछिल्लो प्रतिवेदनअनुसार, तोहोकुदेखि क्युशुसम्म सुगी परागकणको फैलावटले तीव्रता पाएको छ। कान्तो, यामानाशी, तोकाइ,...
गल्कोट समाज जापानद्वारा १९ विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना
जापान,टोकियो। एनपिओ गल्कोट समाज जापानको सहयोगमा गल्कोट नगरपालिका र तारा गाउँपालिकाका सामुदायिक माध्यमिक विद्यालयहरूमा “छात्रवृत्ति अक्षयकोष हस्तान्तरण तथा स्थापना कार्यक्रम” सम्पन्न भएको छ। “समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य र खेलकुदमा लगानी” भन्ने उद्देश्यसहित गल्कोट समाज जापानले अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरेको सांगीतिक श्रृङ्खला सन् २०२५–२०२६ को कार्यक्रम अन्तर्गत गल्कोट नगरपालिका र तारा गाउँपालिकाका १९ विद्यालयमा ५/५ लाख...
जापानमा भिसा शुल्कको अधिकतम सीमा १० गुणासम्म बढाउने विधेयक सरकारद्वारा स्वीकृत
टोकियो । जापान सरकारले आप्रवासन सम्बन्धी विभिन्न शुल्कहरू उल्लेखनीय रूपमा बढाउन सक्ने प्रावधानसहितको विधेयक स्वीकृत गर्दै संसद (डायट) मा पेश गरेको छ। उक्त विधेयक पारित भएमा भिसा तथा बसोबास अनुमति सम्बन्धी शुल्कको अधिकतम सीमा अहिलेको तुलनामा १० गुणाभन्दा बढी बढ्न सक्ने बताइएको छ। प्रस्तावित व्यवस्थाअनुसार एकपटक प्रवेश गर्न पाइने साधारण भिसाको शुल्क अहिले करिब ३ हजार येन रहेकोमा अधिकतम १५...

