टोकियो, जापान। धादिङ समाज जापानले आफ्नो छैटौँ वार्षिक साधारणसभा तथा बालबालिका विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम सन् २०२६ मे ३१ तारिख आइतबार बिहान ११ बजेदेखि टोकियोको ओकुबोस्थित नेवा डाइनिङ ओकुबोमा हुने जनाइएको छ।

समाजका महासचिव सुशान्त बानियाँका अनुसार साधारणसभामा संस्थाको वार्षिक गतिविधि, आर्थिक तथा सांगठनिक विषय, आगामी योजना र जापानमा रहेका धादिङवासीबीचको आपसी सहकार्यका विषयमा छलफल हुनेछ। उहाँले प्रवासमा रहेका नेपाली समुदायबीच एकता, सहयोग र सांस्कृतिक पहिचान जोगाइराख्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

अध्यक्ष बिमल श्रेष्ठले जापानमा रहेका धादिङवासीहरूलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार बालबालिका विशेष सांस्कृतिक कार्यक्रममार्फत प्रवासमा हुर्किरहेका नयाँ पुस्तालाई नेपाली भाषा, संस्कार, संस्कृति र आफ्नो मौलिक पहिचानसँग जोड्ने प्रयास गरिएको हो।

समाजले जापानमा रहेका सम्पूर्ण धादिङवासी, अभिभावक, बालबालिका तथा शुभेच्छुकहरूलाई कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार