टोकियो, जापान । दोलखा समाज जापानले प्रत्येक वर्षझैं यस वर्ष पनि बीबीक्यू बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ। यस वर्षको कार्यक्रम भने अक्षयकोष सहयोगार्थ विशेष रूपमा आयोजना गरिन लागिएको अध्यक्ष संजिव पोखरेलले जानकारी दिएका छन।
कार्यक्रम आगामी ३१ मे २०२६ आइतबार टोकीयोको तोकाई पोर्ट पार्कमा सञ्चालन हुने तय भएको छ। विगतका वर्षहरूको तुलनामा यस वर्षको बीबीक्यू कार्यक्रम अझ विशेष र उद्देश्यपूर्ण हुने विश्वास आयोजकको छ।
समाजका अनुसार उक्त कार्यक्रमले जापानमा बसोबास गर्ने नेपालीहरूबीच आपसी चिनजान बढाउने, मित्रता सुदृढ गर्ने तथा सहयोगी भावना अभिवृद्धि गर्ने अवसर प्रदान गर्नेछ। साथै, अग्रज व्यक्तित्वहरूसँग भेटघाट र अनुभव आदानप्रदान गर्ने सुनौलो अवसरसमेत रहने जनाइएको छ।
दोलखा समाज जापानले जापानमा रहेका सम्पूर्ण नेपाली समुदाय, विशेषगरी दोलखाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा अनिवार्य उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




