टोकियो/जापान। नाबालिका बलात्कारको अभियोग लागेका पर्बत समाज जापानका महासचिव एवं गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानअन्तर्गत चिबाका क्षेत्रीय समितिका कोषाध्यक्ष विमल न्यौपाने संस्थागत जिम्मेवारीबाट हटेका छन् ।

पर्वत समाज जापानका अध्यक्ष राम बास्तोलाका अनुसार,न्यौपानेले आफूमाथि लागेको अभियोगबारे विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि अनुसन्धान प्रक्रियामा सहयोग गर्ने उद्देश्यले दुवै संस्थाको पदीय जिम्मेवारीबाट अलग रहने निर्णय गरेका हुन्।न्यौपाने पर्बत समाज जापानका महासचिव तथा एनआरएनए चिबाका कोषाध्यक्ष थिए।

एनआरएनए जापान चिबाले एक विज्ञप्ती सार्वजनिक गर्दै, आकस्मिक बैठक बसी वर्तमान परिस्थितिबारे छलफल गरेको र बैठकले अर्को निर्णय नभएसम्मका लागि कोषाध्यक्षको आर्थिक जिम्मेवारी संयोजक राजन बाबु सुबेदीलाई दिने निर्णय गरेको उल्लेख गरेको छ।

एनआरएनए चिबाले प्रेस विज्ञप्ति मार्फत सम्बन्धित विषयमा जारी कानुनी प्रक्रियाप्रति पूर्ण सम्मान व्यक्त गर्दै सम्बन्धित निकायबाट प्राप्त हुने आधिकारिक तथ्य, प्रमाण तथा निर्णयका आधारमा आवश्यक परे विधानबमोजिम थप संस्थागत प्रक्रिया अगाडि बढाइने उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार