काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टसँग भेट गरी चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ को अवधारणापत्र प्रस्तुत गर्दै ज्ञान, सीप, प्रविधि, नवप्रवर्तन र लगानीमार्फत नेपालको विकासमा सहकार्य गर्ने विषयमा छलफल गरेको छ।

भेटमा एनआरएनएका पदाधिकारीहरूले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता, वैज्ञानिक, उद्यमी तथा दोस्रो पुस्ताका नेपाली युवाको ज्ञान र अनुभवलाई नेपालको विकाससँग जोड्ने योजना प्रस्तुत गरेका थिए। साथै, गैरआवासीय नेपाली विकास कोष सञ्चालन, गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन, ऐन संशोधन तथा लगानीमैत्री वातावरण निर्माणमा आवश्यक नीतिगत सुधारको आवश्यकता औंल्याइएको थियो।

उपाध्यक्ष डा. गुणाकर भट्टले राष्ट्रिय योजना आयोग एनआरएनएसँग सहकार्य गर्न सकारात्मक रहेको बताउँदै सुशासन, डिजिटलीकरण, उच्च शिक्षा, पूर्वाधार विकास तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास नेपालमा भित्र्याउन प्रवासी नेपाली विज्ञहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। उनले विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ सफल बनाउन आयोगको पूर्ण सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार